नेपालगन्जमा खाद्य मेला संचालन गरिने
  • काँचुली खबर

खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय नेपलगन्जले बिगतका बर्षहरु झै यस वर्ष पनि खाद्य मेला आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत खाद्य मेला २०७५ का बारेमा जानकारी गराईएको हो ।
‘परम्परागत पोषिला एव स्थानिय खाद्य पदार्थको प्रबद्र्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौँ’ भन्ने मुल नाराका साथ यहि मंसिर २८ देखि पुस १ गते सम्म खाद्य मेला संचालन गरिने बताईएको छ । नेपालगन्ज उपमहानगरपालिकाको रामलिला मैदानमा मेला संचालन गरिने कार्यालय प्रमुख ज्योज्स्ना श्रेष्ठले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

मेलामा ६० बढि स्टलहरुको रहने छन, जसमा बिभिन्न जातजातिहरुको मौलिक परम्परागत पोषणयूक्त स्थानिय खाद्य पदार्थहरुको स्टल, स्थानिय उद्योगहरुबाट उत्पादित पदार्थहरुको प्रर्दशनी समेत रहने श्रेष्ठले जानकारी दिए । मेलामा बिभिन्न जातजातिहरुको कलासंस्कृति झल्किने खालका झाँकिहरुको प्रदर्शन गरिनुका साथै स्थानिय कलाकारहरुबाट मनोरञ्जनात्मक कार्यक्रम समेत संचालन गरिने छ ।
मेलामा प्रबेश गर्न र स्टलहरु राख्न कुनै पनि शुल्क नलाग्ने समेत कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।

  • १४ मंसिर २०७५, शुक्रबार १५:१६ प्रकाशित
  • Nabintech