हेड गठबन्धनको  बैठक सम्पन्न
  • काँचुली खबर

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, नेपालगन्ज र एफएचआई ३६० को सहकार्यमा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत बाँकेमा हेड गठबन्धनको बैठक सम्पन्न भएको छ  । सो बैठकका सहभागीहरुले राज्यबाट हुने शिक्षा, स्वास्थ्य, कृषिका सेवा प्रवाहका बारेमा नागरिक तहबाट पनि अनुगमन हुुनु पर्नेमा बताएका छन् ।
नेपालगन्ज उद्योग बाणिज्य संघका उपमहासचिव तारा खत्री रोकायले बजार अनुगमनलाई निरन्तरता दिनुपर्ने बताइन् ।  त्यसै गरि उपभोक्ता हकहित संरक्षण मन्चका संयोजक अधिवक्ता बशन्त गौतमले राज्यले गर्ने सेवा प्रवाहको बारेमा उत्तरदायी भएर लागनुपर्ने बताउँदै उनले सेवा सुविधा सदुपयोग गर्दा सर्वप्रथम ग्राहक नै सचेत हुनु पर्ने बताए ।
कृषि ज्ञान केन्द्रक सागर ढकालले खाद्य स्वच्छताको गुणस्तर बढाउन स्थानीय तहमा नागरिक निगरानी समुह स्थापन गरि अनुगमन गर्नु पर्ने बताए । साथै उनले शिक्षा, स्वास्थ्य र कृषि सेवामा गुणस्तर ल्याउन नागरिक समाजको भुमिका महत्व रहेको स्पष्ट पारे ।
पशु सेवा तालिम केन्द्रका सुदन कुमार भट्टराईले अझै पनि नागरिक तहमा जनचेतना आउन नसकेको बताए । सेवाग्राही सचेत भई राज्यले दिने सेवा सुविधाहरु प्रति नागरिक समाज नै चनाखो उत्तरदायी हुनुपर्नेमा उनले जोड दिएका थिए ।

बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख मन प्रसाद रेग्मी, ईन्सेकका केन्द्रिय सदस्य कृष्णमुरारी भट्ट, नेपालगन्ज उद्योग बाणिज्य संघकाका सदस्य रमारानी गुप्ता, उच्च अदालत बारका चित्र बहादुर केसी लगायतको सहभागिता रहेको थियो । बैठकले शिक्षा, स्वास्थ्य, कृषिको गुणस्तर बढाउन पैरवीको सवाल छनौट गरि बृहत छलफल कार्यक्रमको गर्ने योजना समेत बनाएको छ ।

  • १३ मंसिर २०७५, बिहीबार १६:४६ प्रकाशित
  • Nabintech