अज्ञात समुहद्धारा पार्किङ्ग गरिएका अटोरिक्सामाथी आगजनि
  • काँचुली खबर

 

फोटो लोकप्रिय न्यूज अनलाईबबाट साभार

नेपालगन्जको धम्बोझी खजुरा रोडमा पार्किङ्ग गरिएका ५ वटा अटो रिक्सामा अज्ञात समुहद्धारा बुधबार राती आगो लगाइदिएका हुन । त्यतिमात्रै होइन दुई वटा पसलमा पनि आगजनी प्रयास गरिएको छ भने एउटा घुम्ती आगोले ध्वस्त भएको छ ।

नेपालगन्जको धम्बोझी खजुरा रोडमा पार्किङ्ग गरिएका ५ वटा अटो रिक्सामा अज्ञात समुहद्धारा बुधबार राती आगो लगाइदिएका हुन । त्यतिमात्रै होइन दुई वटा पसलमा पनि आगजनी प्रयास गरिएको छ भने एउटा घुम्ती आगोले ध्वस्त भएको छ ।अज्ञात समूहले रातीको समयमा आगजनीको प्रयास गरेको यो पहिलो पटक नभएको स्थानीय बासीले बताएका छन । एक साता अघि पनि नेपालगन्जमा पत्रकारीत गर्दै आएका नागरिकर्मि अर्जुन वलीको घरमा राखिएको बाईकमा आगजनीको प्रयास गरिएको थियो । आगो, कसले र किन लगायो भन्ने अनुमान लगाउने बाहेक यसै भन्न सक्ने अवस्था छैन ।
यसरी बन्द रहेको पसल र यातायातका साधनमा आगजनीका घटना हुन थालेपछि व्यवसायीहरु आतंकित भएका छन् । बिहीबार विहान घटनास्थल पुगेको नेपालगन्ज १ का वडाध्यक्ष प्रमोद रिजालले घटनाबाट त्रासको वातावरण फैलिएको बताए । उनले यसअघि पनि यस्तै प्रकृतिको घटनामा उजुरी भैसकेको अवस्थामा प्रहरीले गम्भीरतापूर्वक नलिएको आरोप लगाए ।
‘धम्बोझी चोकबाट सय मिटरको दुरीमा रहेको मुख्य सडकमा घटना हुनुले सुरक्षा व्यवस्थामा प्रश्न उठाएको छ’, वडाध्यक्ष रिजालले भने । नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले व्यवसायीहरुले असुरक्षित महसुस गरिरहेको बताए । ‘यसअघि पनि व्यवसायीले उजुरी गरिसकेका छन्, सहरका सिसि क्यामेरा जडान छन्, खोई त प्रहरी अनुसन्धान’, मन्सुरीले भने ।
‘बन्द रहेको पसलमा नै आगो लगाउने प्रयास गरिएको छ’, व्यवसायीले ढुक्कसँग व्यवसाय गर्न सक्ने वातावरण नभएको बताउँदै मन्सुरीले भने, ‘घटनालाई गम्भीर रुपमा लिएर प्रहरीले कारवाही गरोस् ।’
घटनाको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा। धवल शम्शेर राणा, उपमेयर उमा थापा,वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल,नेकपाका नेता रत्न खत्री लगायतले अनूगमन गरी जानकारी लिएका छन् ।

  • १३ मंसिर २०७५, बिहीबार १४:१६ प्रकाशित
  • Nabintech