बाँकेको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत सोमबार जिमखाना पुगेका छन । उमेरले ७० वर्ष काटेका बयोबृद्ध मेयर रावत कोहलपुर जिम हाउस पुगेर शारिरिक कसरतका बिधिहरुका बारेमा जानकारी लिएका हुन । हालै संचालनमा आएको कोहलपुर जिम हाउसको उद्घाटन गर्न त्यहाँ पुगेका मेयर रावतले केही समय जिम समेत गरेका थिए । मेयर रावतसँगै उपमेयर सन्जु कुमारी चौधरीले पनि शारिरिक अभ्यासका विधिहरुका बारेमा जानकारी लिएकी थिईन ।

वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अत्याधुनिक सुविधा सहित संचालनमा आएको उक्त जिम हाउसको सोमबार कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत तथा उप-प्रमुख सन्जुकुमारी चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन । कुल ८० लाख लागतमा अत्याधुनिक सुविधा सहितको फिटनेश सेन्टर संचालनमा ल्याएको युवा व्यवसायी दिपक वलीले जानकारी दिए । यसअघि पुरुषकालागि मात्र जिम हाउस खुल्ने गरेकोमा पहिलो पटक महिला र पुरुष दुबैकालागि कोहलपुर न्यूरोडस्थित मेडिकल कलेजको पूर्वतर्फ कोहलपुर जिम हाउससंचालन गरिएको वलीले बताए ।
अत्याधुनिक मलटि सेटहरुका साथै टेनरको व्यवस्था गरिएको उक्त जिम हाउसमा शारिरिक ब्यायमका अलावा मेडिटेसन प्रविधिबाट समेत व्यायमको अभ्यास गराईने बताईएको छ ।

१० मंसिर २०७५, सोमबार १७:४३ प्रकाशित