ज्योतिकुञ्ज सहकारीको वार्षिक साधारणसभा सम्पन्न
  • काँचुली खबर

दिगो बिकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ ज्योतिकुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १७ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सहकारीले शनिबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि आफ्नो १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सहकारीले चालु आर्थिक बर्षमा गरेका बिबिध कार्यक्रमहरुको बारेमा जानकारी गराईएको थियो । चालु आर्थिक बर्षमा २५ लाख २१ हजार ७ सय कुल शेयर पुँजी रहेको उक्त सहकारीले ४ करोड ६६ लाख ९२ हजार २ सय ८९ निक्षेप संकलन गरेको लेख समिति संयोजक गोमा आचार्यले जानकारी दिईन ।

संस्थाका संस्थापक अध्यक्ष आसमाया बजगाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा सहकारीमा आवद्ध शेयर सदस्य तथा बचतकर्ताहरुके उपस्थिती रहेको थियो ।

  • ८ मंसिर २०७५, शनिबार १५:१३ प्रकाशित
  • Nabintech