रुपा शाह ‘फेस अफ वुमेन इन डेभलपमेन्ट’ द्वारा सम्मानित
  • काँचुली खबर

काठमाडौँ घर भै हाल अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा बसोबास गर्दै आएकी रुपा शाह “फेस अफ वुमन इन डेभलपमेन्ट” द्वारा सम्मानित भएकी छिन् । उनलाई बोस्टन स्थित वुमेन इन डेभलपमेन्ट अफ ग्रेटर बोस्टनले उक्त सम्मान गरेको हो ।

उनि हाल टिवानडी एक्सचेन्ज नामक संस्थामा विकास तथा संस्था सम्बन्ध बिभागकि सहायक निर्देशक पदमा कार्यरत छिन् । उनले उक्त परोपकारी सँस्थामा प्रवेश गरे पछि अद्वितिय रुपमा कोष वृद्धि गर्न ठूलो भूमिका निर्वाह गर्न सफल भएकोले उनलाई संस्थाले यसरी विकासमा महिला आकृती नामबाट सम्मान गरेको हो ।

१५ बर्षको उमेर देखि नै काठमाडौँका घरबार बिहिन बालबालिकाका लागि स्वयम सेवक रुपमा काम गरेको अनुभव रहेकी शाह उच्च शिक्षाको लागि क्यालिफोर्निया आउने मौका पाइन् । क्यालिफोर्नियाको लस एन्जेलसमा पनि स्वयम् सेवक रुपमा घरबार बिहिन तथा अशक्तहरुको लागि निरन्तरता सेवा गर्ने मौका पाएको बताइन ।

उनले मुनाफा रहित सामाजिक संस्थामा पूर्ण कालिन काम गर्ने हेतुले उच्च शिक्षाको लागि कर्नेल विश्व बिद्यालयमा प्रवेश गर्दै वाशिंगटन डिसीको परोपकारी सामाजिक संस्थामा काम गर्ने अवसर पाएको बताइन । शाहले ईनेप्लिजलाई आफूले कैयौ यसरी गैर मुनाफा सामाजिक संस्थामा काम गरि ६ मिलियन (६० लाख डलर) उठाउन सकेको बताइन ।

उनले “बिल्डिंग कर्पोरेट पार्टनरशिप विथआउट लुजिंग योर मिसन अर योर माइन्ड” नामक कार्यक्रममा सहभागिता भए लगतै टिवानडि एक्चेन्ज प्रवेश गरेको उल्लेख गरिन ।

उनि नेपाली समुदायका गतिविधिमा त्यतिकै संलग्न छिन् । केही समय अगाडी अमेरिकाको भ्रमणमा रहनु भएका पूर्व अर्थमन्त्री डा राम शरण महत संग बोस्टनमा भएको अन्तरक्रिया कार्यक्रममा शाह प्रस्तोता रहेकी थिइन् । उक्त कार्यक्रम हार्वर्ड तथा एमआइटि का नेपाली बिधार्थीको आयोजनामा सम्पन्न भएको थियो । डा महत संगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपालको आर्थिक नीति सम्बन्धि छलफलमा सहभागी रहेकी पनि थिइन् ।

साथै केही समय अगाडी हर्चित अल्ट्रा धावक मीरा राईको लागि गरिएको कोष वृद्धि कार्यक्रममा ५ हजार ३ सय डलर उठाइएको थियो भने त्यसमा पनि उनि नै प्रस्तोता साथै उनको सक्रिय भूमिका रहेको थियो ।

  • ८ मंसिर २०७५, शनिबार १४:५८ प्रकाशित
  • Nabintech