बलात्कारको आरोपमा अदालतले ६ वर्ष कैद सजाय सुनाएका फरार अभियुक्तलाई बर्दिया प्रहरीले पक्राउ गर्न सफल भएको छ । २०६६ जेठ १० गते साविकको सोरहवा गाविस र हाल बढैयाताल गाँउपालिका वडा नं. ४ बस्ने भबिन्द्र सुनारले १५ वर्षिय एक वालिकालाई जवरजस्ती करणी गरी फरार भएका थिए । गाँउ नजिकैको पसलमा सामान किनि घर फर्कदैं गरेको बेला बालिकालाई मानबहादुर विकको घरमा पुर्याएर जवरजस्ती करणी गरेको पुष्टि भएपछि बर्दिया जिल्ला अदालतले सुनारलाई २०६९ पुष २३ गते नगद रु. ५० हजार क्षतिपूर्ति सहित ६ वर्ष कैद सजाय सुनाएको थियो । अदालतले फैसला सुनाएपनि अभियुक्त सुनार फरार रहँदै आएको र नेपालगंजमा ट्याटु पसल संचालन गरी बसेको गोप्य सुचनाको आधारमा मंसिर ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख सुरेन्द्र प्रसाद मैनालीले जानकारी दिए ।
७ मंसिर २०७५, शुक्रबार १८:०५ प्रकाशित