काँग्रेस नगर सचिव भण्डारीको पसलमा चोरी
  • काँचुली खबर

नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीको पसलमा चोरी भएको छ । भण्डारीले कोहलपुर न्यूरोडमा संचालन गर्दै आएको न्यू ईरा सपिङ हाउसमा बुधबार राती चोरी भएको हो । पसल बाहिर राखिएको सिसि क्यामरामा राती करिब २ः३३ बजे चोरी भएको दृष्य कैद भएको पसल संचालन भण्डारीले जानकारी दिए ।
केही दिन अगाडी मात्रै पसलमा जाडो सिजनकालागि न्यानो कपडाहरु ल्याईएको बताउँदै भण्डारीले भने, ‘नगद रु. १२ हजार र न्यानो कपडाका सबै सेटहरु चोरी भएका छन ।’ भण्डारीका अनुसार करीब १ लाख ५० हजार बराबरको सामान चोरी भएको छ । सिसि क्यामरामा चोरी गर्ने ब्यक्ति देखिएकाले सोही फुटेजका आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दर्ता गराउने तयारी भईरहेको भण्डारीले जानकारी दिए ।

  • ६ मंसिर २०७५, बिहीबार ११:१५ प्रकाशित
  • Nabintech