YCL नेपाल र अखिल क्रान्तिकारी बाँकेको संयुक्त आयोजनामा प्रकाश दाहाल स्मृति दिवश मनाईएको छ । वाईसियलका केन्द्रीय सचिब तथा ५ नं. प्रदेश ईन्चार्ज गणेश शाहीको प्रमुख आतिथ्यतामा बाँकेको नेपालगन्जमा प्रकाश दाहाल स्मृती दिवस मनाईएको हो ।
कार्यक्रममा नेकपाका नेता गोपाल गिरी, अशोक कोईराला, वाईसियलका केन्द्रीय सचिव तथा ५ नं. प्रदेश सह-ईन्चार्ज रतन शाही, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तुल्सिमणि के.सि., अखिल बाँकेका अध्यक्ष मोहित शाह लगायतले स्व. प्रकाश दाहालको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।
YCL बाँके जिल्ला अध्यक्ष सुरज जागाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रकाश दाहालको फोटोमा अबिर चढाईनुकासाथै माल्यार्पण तथा दिप प्रज्वलन समेत गरिएको थियो । प्रकाश दाहाल प्रचण्ड पुत्र मात्र नभै परिवर्तनकारी युवा नेता, योद्धा र सेनानी रहेको भन्दै वक्ताहरुले राजनीतिक आन्दोलनमा दाहालको उच्च भुमिकाको चर्चा समेत गरिएको थियो ।
दाहालको ३५ बर्षको कलिलो उमेरमा ह्रदयघातका कारण मृत्युु भएको थियो । मान्छेको आयु उमेरमा होईन कर्ममा खोज्नु पर्छ भन्ने कवि प्रेम चन्दको भनाइलाई हृदयगम गर्ने हो भने दाहाल कर्म मार्फत युग युग बाँचिरहनेछन । दाहालप्रती हार्दिक श्रद्धाञ्जली !
५ मंसिर २०७५, बुधबार १२:४८ प्रकाशित