सामाजिक सचेतन सरोकार मन्च (स्याक) को आयोजना तथा तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बैजनाथ गाउँपालिकाको सहकार्यमा बालबालिका संरक्षणको लागि श्रोत नक्साङ्कन बनाइने भएको छ । आईतवार गाउँपालिका स्तरीय सरोकारवाला निकायसंग छलफल गरि श्रोत नक्साङ्कनमा के कस्ता सूचना र विवरण राख्ने भन्ने बारे बृहत छलफल भएको छ ।
श्रोत नक्साङ्कन निर्माण गर्नुको उद्धे्श्य बारे बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रमका परियोजना संयोजक शेषकान्त शर्माले जानकारी गराएका थिए । सो अन्तरक्रिया कार्यक्रमको अध्यक्षता बैजनाथ गाँउपालिकाका उपाध्यक्ष तथा पालिका स्तरीय बाल संरक्षण समितिका संयोजक शारदा रेग्मी विकले गरेकी थिईन । उनले स्थानिय तहहरुमा बालसंरक्षण नीति कार्यान्वय गराउन साथै बालबालिकाको हक अधिकार संरक्षण र बालविवाह विरुद्ध अभियान सन्चालन गर्न पालिकाले सबै निकायसंग समन्वय र सहकार्य गरि ठोस कार्य योजना बनाउने प्रतिबद्धता व्यक्त गरीन । बैजनाथ गाउँपालिकाले पालिका स्तरीय बाल संरक्षण समिति र पालिका स्तरयि बाल सन्जाल पनि निर्माण गरेको छ । 
सो अन्तरक्रिया कार्यक्रममा बैजनाथ गाउँपालिका बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरु राईजिङ आईडल्सका आशा गुरुङ, रेरी बाँकेका सविता कार्की, डेक नेपालका धिरेन्द्र विकले आआफनो संस्थाको कार्यक्रम बारे जानकारी गराएका थिए । गाँउपालिका अन्तरगतका महिला तथा बालबालिका शाखाका प्रमुख टिना थापा, वडा नं. १ का वडा अध्यक्ष रुप बहादुर मल्ल, वडांं नं ५ का वडा अध्यक्ष मन बहादुर खत्री, वडा नं.६ का वडा अध्यक्ष भद्र बहादुर बस्नेतले आआफनो वडाले बालबालिकाको संरक्षणको लागि बजेट तथा कार्यक्रम योजना समेत छुट्याएको जानकारी गराए ।
प्रहरी चौकी प्रतिनीधि, गैरसरकारी संस्थाका प्रतिनिधिहरु, बालक्लवका सदस्य, नागरिक समाज, शिक्षक लगाएतको सहभागिता रहेको थियो । हाल बैजनाथ गाउँपालिकामा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रम संचालन भइरहेको छ । सो परियोजनाले स्थानीय तहमा बाल संरक्षण नीति बनाउन र कार्यान्वयमा जोड दिने स्याकले बताएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२ मंसिर २०७५, आईतवार १८:४८ प्रकाशित