नेपालगन्ज – बिहीबार दिनभर नेपालगन्जलाई आतंकित बनाउने गरी पुष्पलाल चोकमा बम राख्ने व्यक्तिलाई बाँके प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गरि सार्बजनीक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीबार राती नै कमाण्डो गु्रपका नाममा आतंक मच्चाउने व्यक्तिलाई फन्दामा पारेको हो ।
‘जिल्लाका चारै नाकाबाट कर्डन एण्ड सर्च अपरेशन गरेको प्रहरीले आशंकित धेरै व्यक्तिहरु बीचबाट बम राख्नेलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी प्रमुख प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा जाजरकोट जिल्लाका वर्ष २७ का प्रदिप वली रहेको पौडेलले जानकारी गराउनुभयो । आम नागरिकम डर, त्रास, आतंक फैलाउने उद्देश्यले बम राखिएको खुलेको हो । सो ब्यक्ति कुनै पनि राजनितिक दलमा आबद्ध नभएको प्रहरीले जनाएको छ । पक्राउ परेका ब्यक्ति सामान्य परिवारको भएको हुदा भारतमा मजदुर गर्दै गरेको र बिचमा काम गर्ने ठाउमा बम बनाउन सिकेको हुन सक्ने प्रहरीले जनाएको छ । 
हामी नेपाली हाम्रो नेपालको अध्यक्ष बताउने पक्राउ परेका वलीको साथबाट ४१ हजार ५ सय दस नेपाली रुपैयाँ र तीन सय भारतीय रुपैया र धेरै सिमकार्डहरु उपलब्ध भएको प्रहरी प्रमुख पौडेलले जानकारी गराउनुभयो । निज अपराधीबाट अरु सुचना उपलब्ध हुनसक्ने भन्दै अनुसन्धान जारी गरिएको छ । बम राख्ने अपराधीलाई मुलुकी ऐन अन्र्तगत १० वर्ष कैद र १ लाख जरिवाना हुने बताइएको छ । बिहीबार विहान ९ बजे तिर राखिएको बम नेपाली सेनाले ४ बजेतिर डिष्पोज गरेको थियो । मुख्य चोकमा बमको आतंक मच्चिदा झण्डै ४ घण्टा सम्म पुष्पलाल चोक आतंकित बनेको थियो । 
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
३० कार्तिक २०७५, शुक्रबार १५:४७ प्रकाशित