कमाण्डो ग्रुपले बम राखेको खुलासा, नेपाली सेनाद्धारा निष्कृय
  • काँचुली खबर

बाँकेको नेपालगन्जमा बम आतङ्क मच्चाउने समुहको पहिचान खुलेको छ । कमाण्डो ग्रुप नामक समुहले बुधबार नेपालगन्जस्थित पुष्पलाल चोकमा बम राखेको दाबी गरेको छ । पुष्लालको शालिकमुनी प्लाष्टिकको झोलाभित्र शंकास्पद बस्तु वम भेटिएको हो ।

नेपाली सेनाको टोलीले पुष्पलालचोकमा राखिएको प्लाष्टिकको झोला डोरीले तानेर नजिकैको वाटरपार्कको खाली जग्गामा पुर्याएर डिस्पोजल गरेको जनाएको छ । वाटरपार्कमा पहिलो पटक बम निष्कृय पार्ने क्रममा नपड्किएपछि दोश्रो पटक पड्काउन सफल भएको सुरक्षाकर्मीले जनाएका छन् । प्लाष्टिकको झोलाभित्र जिआई पाईपभित्र वम राखिएको थियो । नेपाली सेनाको टोलीले दोश्रो पटक वम निष्कृय पार्न सफल भएको हो ।

कमाण्डो ग्रुप नामक समूहले उक्त बमको जिम्मा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बम नजिकै फेला परेको पर्चामा बम शक्तिशाली रहेको हुनाले ३ सय मिटर टाढा रहन क्त समुहले आग्रह गरेको थियो ।
वम राखिएको स्थान हेर्नका लागि सयौंको संख्यामा सर्वसाधारणको भिड लागेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हम्मेहम्मे परेको थियो । शंकास्पद सामान राख्ने व्यक्तिले १० बजेर २३ मिनेट जाँदा होटल एभरेष्टका मालिकलाई जानकारी गराएको भएपनि सीसीटीभी फुटेजमा भने ९ बजेर १५ मिनेटमा उक्त बम राखिएको देखिएको छ ।

  • २९ कार्तिक २०७५, बिहीबार १६:३० प्रकाशित
  • Nabintech