४ जेष्ठ २०८१, शुक्रबार
प्रथम विश्वयुद्धका महत्वपूर्ण तथ्यहरु
  • काँचुली खबर

करोडौं मानिसको ज्यान लिएको र थप करोडौंलाई घाइते, विधवा र टुहुरो बनाएको प्रथम विश्वयुद्ध कति भयावह थियो भन्ने हताहतीको उल्लेखित तथ्यांकहरुले नै देखाउँछ । तथ्याङ्कहरुको अभावले गर्दा सय वर्षअघि ५२ महिना चलेको उक्त युद्धको वास्तविक तथ्याङ्क थाहा पाउन त गाह्रो पर्छ । यही कारणले इतिहासकारहरुले यस युद्धको मृत्यु र अन्य क्षतिबारेमा अलग-अलग तथ्यांक दिने गर्छन् । समाचार संस्था एएफपीले सबैभन्दा सर्व-स्वीकार्य तथ्यांकहरु यहाँ प्रस्तुत गरेको छ । मुख्य अन्तर भएको ठाँउमा अनुमानित संख्या दिइएको छ । ७० देशको संग्लग्नता यो संख्यामा पनि प्रश्न उठाउन सकिन्छ । आजका लगभग ७० देशहरु यस द्वन्द्वमा सहभागी भए । तर उनीहरु मध्ये अधिकांश तत्कालिन समयका ६ वटा साम्राज्यवादी शक्तिहरुको अधिनमा थिए। त्यो बेलाका विश्वशक्ति राष्ट्रहरु अष्ट्रिया–हंगेरी, ब्रिटेन, फ्रान्स, जर्मनी, रसिया र अटोमन साम्राज्य थिए । उनीहरुले विश्वका अधिकांश भागलाई नियन्त्रण लिएका थिए । शुरुमा लगभग दर्जन वटा राष्ट्रहरु मात्रै युद्धमा गएका थिए, बाँकी पछि मात्र सहभागि भएका हुन् ।

इटाली सन् १९१५ र अमेरिका सन् २०१७ मा युद्धमा प्रवेश गरे । तत्कालिन समयमा युद्धरत सम्पूर्ण देशहरुको कुल जनसंख्या ८० करोड थियो । यो भनेको त्यो बेलाको विश्वको कूल जनसंख्याको आधा हो । द्वन्द्व अवधिभरी जम्माजम्मी २० वटा देश मात्र तटस्थ रहन सके । तीमध्ये अधिकांश राष्ट्रहरु ल्याटिन अमेरिका र उत्तरी युरोपका थिए । ७ करोड सेना लडेको युद्धलगभग २ करोड मानिसहरु युद्धरत पक्षहरुले परिचालन गरेका थिए । युद्ध लम्बिदै र फैलिँदै जाँदा यो संख्या बढेर ७ करोड पुगेको थियो । सेना पठाउने प्रमुख देशहरुमा फ्रान्सले ८० लाख, जर्मनले १।३ करोड, अष्ट्रिया-हंगेरीले ९० लाख र इटालीले ६० लाख सेना खटाएको थियो । ब्रिटेनले ९० लाख सेना पठाएको थियो । ब्रिटेनले आफ्नो साम्राज्यभरीबाट सेना परिचालन गरेको थियो जसमध्ये अधिकांश भारतबाट थिए । त्यस्तै गरि अमेरिकाले ४० लाख सेना युद्धमा परिचालन गरेको थियो । १ करोड सेनाको मृत्युपहिलो विश्वयुद्धमा मारिएका १ करोडमध्ये सबैभन्दा धेरै जर्मनी र रुसका सेना थिए । त्यसमा दोब्बर घाइते भएको विश्वास गरिन्छ ।

देश अनुसार मर्नेहरुको संख्या यस प्रकार रहेको छ
रुस : २० लाख मृत्यु, ५० लाख घाइते
जर्मनी : २० लाख मृत्यु, ४२ लाख घाइते
फ्रान्स : १४ लाख मृत्यु, ४२ लाख घाइते
अष्ट्रिया-हंगेरी : १४ लाख मृत्यु, ३६ लाख घाइते
ब्रिटेन र ब्रिटिस साम्राज्य : ९.६ लाख, २० घाइते
इटाली : ६ लाख मृत्यु र १० लाख घाइते
अटोमन साम्राज्य : ८ लाख मृत्यु
अमेरिका : १.१७ लाख मृत्यु

सेनाको आकारको हिसाबले सबैभन्दा ठूलो क्षति सर्वियाले भोग्यो । उसको सेनाको चार भागको तीन भाग त समुल नष्ट भएको थियो । युद्धका सुरुवाती हप्तामा सबैभन्दा ठूलो हताहति भयो । उदाहरणको लागि २७ हजार फ्रेन्स सेना १९१४ अगष्ट २२ को एकै दिन मारिएका थिए । फ्रान्सको इतिहासमा यो उसको सेनाले भोगेको सबैभन्दा ठूलो क्षति हो ।संघर्षमा गोली बारुद्धले सबैभन्दा धेरै मारिएका थिए । कुल हताहतीमध्य ७०५ को ज्यान हतिहारको कारण गएको थियो । ५० लाख देखि ६० लाख त काटिएका थिए । प्रथम विश्वयुद्ध मानव इतिहासमा पहिलो पटक ठूलो स्तरमा रसायनिक हतियार प्रयोग भएको द्वन्द्व थियो । सन् १९१५ मा बेल्जियमको यपर्समा जर्मन सेनाले क्लोरिन ग्यास प्रयोग ग¥यो । युद्धभरीमा २० हजारको ज्यान विशालु ग्यासकै कारण गएको थियो । नागरिकहरुको विशाल हताहति संख्यायुद्ध र यसको प्रभावबाट ५० देखि १ करोड सर्वसाधरणहरुको ज्यान गएको अनुमान गरिन्छ । यो संख्यामा सामान्यतया मुख्य युद्धमा मारिएको जनसंख्याको अतिरिक्त जनसंख्याको जबरजस्ती विस्थापन, भोकमरी र युद्धको अन्त्यतिर रुस, पूर्वी युरोप र टर्कीमा देखिएको गृहयुद्धमा भएको हताहति पनि जोडिन्छ । केही इतिहासकारहरुले यो संख्यामा जोड्ने १२ देखि १५ लाख आर्मेनियालीहरुको संख्यालाई टर्कीले विरोध गर्ने गर्छ । त्यसबाहेक युद्धको अन्त्यतिर शुरु भएको स्पेनिस फ्लुले थप करोडौंको ज्यान लियो ।

अन्य संख्या
– युद्धमा ६० लाख युद्धबन्दी बनेका थिए ।
– सन् १९१५ सम्म २ करोड नागरिकहरु जर्मनी, अष्ट्रिया–हंगेरी र बुल्गेरियाले कब्जा गरेको क्षेत्रमा बसोबास गरिरहेका थिए । तीमध्ये अधिकांश भाग बेल्जियम, फ्रान्स, पोल्याण्ड र सर्वियाका थिए ।
– युद्धले युरोपभरी १ करोड मनिसहरुलाई शरणार्थी बनायो ।
– युद्धले ३० लाखलाई विधवा र ६० लाख बालबालिकाहरुलाई टुहुरो बनायो ।
– युद्धमा १.३ अर्ब बम सेल प्रयोग गरिएको थियो ।
– युद्धमैदानमा रहेका सेनाहरुबीच र तीनका घरपरिवारबीच १० अर्ब चिठ्ठी र सामाग्रीहरुको आदानप्रदान भएको थियो ।
– युद्धमा संलग्न मुख्य पक्षहरुमाथि युद्धले युरोपेली खेलाडिहरुको कुल ग्राहस्थ उत्पादनको कुल योगको पनि ३ अथवा ४ पटक बढी मूल्यभार पारेको बताइन्छ ।

  • २९ कार्तिक २०७५, बिहीबार १५:१३ प्रकाशित
  • Nabintech