काठमाडौं – टोकियो २०२० ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली फुटबल टिम आज स्वदेश फर्किँदै छ । ऐतिहासिक सफलतासहित नेपाली टिम दिउँसो १२ बजेर २० मिनेटमा नेपाल आईपुग्ने छ । म्यानमारमा सम्पन्न ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको पहिलो राउण्डमा नेपाल उत्कृष्ट तेस्रो हुदै दोस्रो चरणमा प्रवेश गरेको हो । नेपालले समूह सी ३ खेलबाट ३ अंक नै बनाउँदै तेस्रो भएको थियो । तेस्रो स्थानमा भएका उत्कृष्ट २ टिमले दोस्रो चरणमा पुग्ने प्रावधान थियो । यसैअनुसार नेपाल ओलम्पिकको दोस्रो चरणमा छनोट हुन सफल भएको हो ।
नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी भारतसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा पनि नेपालभन्दा निकै अब्बल टिम आयोजक म्यानमारलाई १-१ गोलकै बराबरी खेल्दै अंक बाँडेको थियो । अन्तिम तथा तेस्रो खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै फेरी अंक बाँडेको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२९ कार्तिक २०७५, बिहीबार ०८:३३ प्रकाशित