बाँकेको बैजनाथ गाउँपालिकामा कृषि क्याम्पस संचालनमा आउने भएको छ । लामो समयको प्रतिक्षापछि बाँकेमै कृषि विषयको उच्च शिक्षामा अध्यापन हुने निश्चित भएको हो । कृषि शिक्षामा विद्यार्थीको आकर्षण रहे पनि जिल्लामा पढाई हुने स्थान नहुँदा विद्यार्थीहरु अन्यत्र जाने गरेका थिए ।
बाँकेको बैजनाथ गाउँपालिका–४ बनियाभार स्थित गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टरले ब्याचलर अफ साइन्स इन एग्रिकल्चर ९बिएस्सीएजी० कार्यक्रमको स्वीकृति पाए संगै अब जिल्लामा नै कृषिमा उच्च शिक्षाको अध्यापन हुने भएका हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनकोे कार्यकारी परिषद बैठकको सम्बन्धनको निर्णय गरेसंगै गोरखा पोलिटेक्निक कलेजले ४ वर्षे कोर्षको स्वीकृति प्राप्त गरेको कलेजका प्रशासन प्रमुख कर्ण बस्नेतले जानकारी दिए ।
उनले आगामी मंसिर २७ गतेसम्म प्रवेश परिक्षाको फारम भर्न मिल्ने र २९ गते प्रवेश परिक्षा हुने गरी विश्वविद्यालयले तयारी गरेको जानकारी दिदै प्रवेश परिक्षा विश्वविद्यालयले नै लिने भएकाले त्यसकालागिआवश्यक सबै प्रकृया विश्वविद्यालयको वेभसाईटमा हेर्न सकिने जानकारी दिए ।

यसैबिच मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका कृषि र वनका आठ निजी क्याम्पसले विद्यार्थी पढाउने भएका छन् । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आङ्गिकसहित सम्बन्धन दिएका आठ निजी क्याम्पसमा समेत भर्ना लिने गरी कृषि र वन स्नातक तहको भर्ना खुला गरेको हो ।
विश्वविद्यालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए । त्यही दबाबमा मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गर्ने निर्णय गरेकाले सम्बन्धन पाएका निजी क्याम्पस सर्वोच्च अदालत पुगेका थिए । उक्त अदालतले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नुरनगराउनु भन्ने अन्तरिम आदेश जारी गरेसँगै विश्वविद्यालयलाई भर्ना खुला गर्ने बाटो फुकुवा भएको हो ।
२७ कार्तिक २०७५, मंगलवार १८:३२ प्रकाशित