मंसिर २ गते नेपालगन्जमा लक्ष्मी नारायण साधना शिविर हुने भएको छ । महाभगवती नारायण सिद्ध आश्राम सादग परिवार नेपालगन्जको आयोजनामा एक दिने निशुल्क लक्ष्मी नारायण साधना शिविर नेपालगन्जको कलपतरु होटलमा हुने भएको हो । करिव ४ लाखको लागतमा हुन लागेको साधना शिविरको प्रवचन परम पुज्य गुरुदेव अरविन्द श्रीमालीले गर्नुहुने आयोजकले सोमवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । साधना शिविरमा प्राप्त हुने शक्तिपात दिक्षाहरुमा गुरु दिक्षा, लक्ष्मी दिक्षा, भाग्योदय दिक्षा, रोग निवारण दिक्षा, कुवेर दिक्षा, काल भैरव दिक्षा, पितृदोष निदारण दिक्षा, शिवत्य दिक्षा, अष्टलक्ष्मी दिक्षा, पुत्र प्राप्ती दिक्षा, सम्मोहन दिक्षा, दश महाविद्या दिक्षा राजयोग दिक्षा लगायतका साधनाहरु शिविरमा प्रवचन हुने आयोजक समितिका अध्यक्ष कमला विष्टले जानकारी गराउनुभयो ।
मन्त्रको माध्यमबाट भक्तजनहरुलाई खुसि तुल्याउने कला रहेका गुरुदेव अरविन्द श्रीमाली मंसिर २ गते प्रवचनमा करिव ८ सय जना भक्तजनहरुलाई प्रवचन दिनुहुने अध्यक्ष विष्टले जानकारी गराउनुभयो । हिन्दु धर्म यथावत रहोस भन्ने मुख्य उद्देश्यका साथ अहिलेसम्म नेपालगन्जमा चारपटक साधना शिविर भैसकेको उहाँले बताउनुभयो । मंसिर २ गते हुने साधना शिविर पांचौ पटक रहेको विष्टले बताउनुभयो । साधना शिविरमा भजन किर्तन र भण्डारा समेत हुने आयोजक समितिले जानकारी गराएको छ । शिविर विहान ११ बजेदेखि साँझासम्म चल्ने छ ।
२७ कार्तिक २०७५, मंगलवार १२:३२ प्रकाशित