सडक वत्ति जडानकालागि देउसी-भैलो !
  • काँचुली खबर

यतिबेला नेपालीहरुलाई तिहारको रौनकले छोईसकेको छ । सबै तिहारको रमझममा ब्यस्त छन । तर कोहलपुर नगरपालिका वडा नं. ३ ले भने यो तिहारलाई विशेष बनाउने योजना बनाएको छ ।
कोहलपुर नगरपालिका वडा नं. ३ ले आफ्नो वडामा सडक बत्ती बाल्नकालागी तिहारमा देउसी-भैलो खेल्ने निर्णय गरेको हो । वडाभित्र २ दशमलव ५ किलोमिटर सडक वत्ती विस्तार गर्ने लक्ष्य अनुसार वडा कार्यालयमा बसेको सर्वपक्षिय छलफलले देउसी-भैलो खेल्ने निर्णय गरेको वडा अध्यक्ष माधव रिजालले जानकारी दिए ।
रिजालका अनुसार वडा कार्यालय र वडावासीहरुले संयुक्त रुपमा ३ दिनसम्म देउस-भैलो खेल्ने कार्यक्रम रहेको छ । त्यसबाट संकलन भएको रकमबाट वडाभित्रका बिभिन्न स्थानमा सडक बत्ती जडान गरिने छ ।
यसैबिच वडा कार्यालयले साँस्कृतीक पर्वलाई मर्यादित रुपमा मनाउन सबैलाई आग्रह समेत गरेको छ । चाडपर्वको समयमा विभिन्न घटनाहरु घट्दै आएको प्रति सतर्क रहन र रातीको १० बजेसम्म मात्र देउसी-भैलो खेल्न वडावासीहरुलाई आग्रह गरिएको वडाध्यक्ष रिजालले जानकारी दिए ।

  • २० कार्तिक २०७५, मंगलवार १७:१७ प्रकाशित
  • Nabintech