बर्दिया- बर्दियामा बडैयाँ गाँउपालिका वडा नं. ३ गोबरेपुरुवामा आज बिहान अज्ञात समुहको गोली प्रहारबाट मोहन खटिकको मृत्यु भएको छ । नेपाल–भारत सीमामा पर्ने बर्दियाको बढैयाताल–३ का मोहन खटिकको गोली हानेर हत्या गरिएको मृतकका दाई बर्षदी खटिकले बताए ।
पाँच जनाको समुहमा आएका डाकुहरुले घरमा सुतिरहेका खटिको घरमा घुसी लुटपाट गरेका थिए । मृतक खटिकले लुटेराहरु आएको थाहा पाए पश्चाल प्रतिकार गर्न खोज्दा लुटेराहरुको समुहले गोली चलाएको मृतकका दाई खटिकले जनाए । खटिक राँगाको ब्यापार गर्दै आई रहेको उनका दाई बर्षाद खटिकले जनाएका छन ।
तर, जिल्ला प्रहरी कार्यालय बर्दियाले भने स्थानीयले दाबी गरेजस्तो गोली लागेको पुष्टि नभएको जनाएको छ । परिवारका सदस्यको भनाइअनुसार ३५ वर्षीय खटिकलाई आइतबार बिहान २ बजे तिर घरमै सुतिरहेको बेला अज्ञात समूहले पेटमा गोली हानेको थियो । उनको साथमा रहेको ५ लाख रुपैयाँ पनि लुटेर लगिएको छ । खटिकलाई उपचारका लागी नेपालगञ्ज नर्सिङ होममा लगिएको थियो तर उनको् उपचारको क्रममा मृत्यु भएको छ ।
मृतकका दाई बर्षदी खटिकका अनुसार आफ्नो भाई कुनै पनि गलत संगतमा नरहेको बताएका छन । मृतककने कोखामा एक गोलि लागेको भेरि अञ्चल अस्पतालले जनाएको छ । मृतकको एक श्रीमति र दुइ सन्तान रहेका छन ।
१९ कार्तिक २०७५, सोमबार १२:०८ प्रकाशित