नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बाँकेले कात्र्तिक २१ गते बृहद शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । बिजया दशमी, दिपावली, नेपाल सम्बद मोहमद डे, क्रिसमस लगायत पर्वको अवसरमा उक्त शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागिएको नेकपा बाँकेका नेता अशोक कोइरालाले जानकारी दिएका छन् ।
उनका अनुसार कार्यक्रममा नेकपा प्रदेश नम्बर ५ का इन्चार्ज एजं मुख्यमन्त्री शंकर पोख्रेल, नेकपा प्रदेश अध्यक्ष ओनसरी घर्ती लगायतको नेता ृउपस्थिती रहने जानकारी दिएका छन् । नेकपा बाँकेका नेता अकल बहादुर बमले शुभकामना आदानप्रदान कार्यक्रमको तयारी भब्यरुपमा भईरहेको जानकारी दिए । सम्पूर्ण नेता कार्यकर्ता, शुभचिन्तक, आमनगरिक, पत्रकार, उद्योगी, व्यवसायी, कानुन व्यवसायी सबैलाई निम्तो गरिएको उनले बताए ।
१९ कार्तिक २०७५, सोमबार १०:१३ प्रकाशित