प्यूठान जिल्ला भित्र र जिल्ला हुँदै बाहिरिने लामो तथा छोटो दुरिका सार्वजनिक सवारी साधनले जेष्ठ नागरिकहरुलाई गाडी भाडामामा आधा छुट दिने भएको छ ।
प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेको संयोजनमा सुरक्षा निकाय, यातायात व्यवसायी, जेष्ठ नागरिक र नागरिक समाजको उपस्थितिमा बसेको बैठकले कार्तिक १५ गते बाट लागू हुने गरि गाडि भाडामा जेष्ठ नागरिकलाई ५० प्रतिशात छुट दिने सहमति भएको हो ।
जेष्ठ नागरिक ऐन २०६३ को दफा ९ को उपदफा–२ मा व्यवस्था भएको तर, हाल सम्म कार्यान्वयनमा आउन नसकेको सार्वजनिक यातायातामा जेष्ठ नागरिकलाई छुट दिने व्यवस्था भएकोले त्यसैलाई कार्यान्वयनमा लगिएको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।
सार्वजनिक सवारी साधनमा २ वटा सिट जेष्ठ नागरिककालागि सुरक्षीत गर्ने र सो सिटमा यात्रा गर्ने जेष्ठ नागरिकलाई प्राप्त प्रमाणको आधारमा गाडी भाडामा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयनमा लागिएको हो । यो सेवा लिनको लागि कम्तिमा दुई घन्टा अगाडि पाएक पर्ने सम्बन्धित बस काउन्टरमा गइ सम्पर्क राख्नुपर्ने छ ।
१७ कार्तिक २०७५, शनिबार १८:१९ प्रकाशित