स्वास्थ्यको बार्षिक समिक्षा गोष्ठी सुरु
  • काँचुली खबर

आर्थिक वर्ष ०७४/०७५ को स्वास्थ्य तर्फको ऐरावती गाउँपालिका स्तरिय वार्षिक समिक्षा गोष्ठी ऐरावती गाउँपालिकाको बरौलामा सञ्चालन भएको छ । गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतको अध्यक्षतामा गोष्ठीको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा उपाध्यक्ष बस्नेतले गाउँपालिकाले स्वास्थ्य क्षेत्रसंग जोडियर काम गर्दै आएको बताए । उनले भने,‘स्वास्थ्य क्षेत्रसँग हामी सधै सहकार्य गर्दै अगाडी वढनेछौँ ।’ आफु जनप्रतिनिधि भएर आउँदा कमजोर अवस्थामा रहको स्वास्थ्य क्षेत्र क्रमशः सुधार हुदै आएको बस्नेतले बताए ।
गाउँपालिका भित्र ६ वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य सेवा, ३० ठाउँमा खोप क्लनीक, २० ठाउँमा गाउँ घर क्लनीक, ४८ जना महिला स्वास्थ्य स्वयंसेवीका रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । स्वास्थ्य सेवाको पहुँचमा नरहेकालाई पहुँचमा पुर्याउनका लागि ३ वटा सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गरिएको उनले बताए ।
गाउँपालिका भित्र पर्ने वडा नं. १ को दाङवाङ माछी दमार, वडा नं. २ को माझकमिरे र ३ नं. वडाको कोलबाङ गरि ३ स्थानमा सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गरिएको छ । ३ मध्ये वडा नं. २ को माझकमिरे स्वास्थ्य संस्था सञ्चालन गर्न नसकिएको उनले जानकारी दिए । श्रेष्ठले भने, ‘कर्मचारी व्यवस्थापन गर्न बाँकी छ ।’
शुक्रबार र शनिबार गरि २ दिन सम्म चल्ने गोष्ठीमा गत वर्ष ०७२/७३, ०७३/७४ को आधारमा ०७४/०७५ को स्वास्थ्य तर्फको महत्वपूर्ण कार्यक्रमहरु प्रस्तुत गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बालस्वास्थ्य कार्यक्रम, खोप कार्यक्रम, पोषण कार्यक्रम, नियोजन कार्यक्रम, आमा सुरक्षा कार्यक्रम लगाएत स्वास्थ्यका सेवाका विभिन्न सूचकमाथि छलफलसंगै प्रस्तुतीकरण गरिने छ ।
गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतको अध्यक्षतामा भएको गोष्ठीमा वडा अध्यक्ष, गाउँपालिका प्रवक्ता, ६ वटा स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्य सहसंयोजक लगाएतको उपस्थिती रहेको छ ।

  • १६ कार्तिक २०७५, शुक्रबार १५:१८ प्रकाशित
  • Nabintech