हुलाकी सडकको गाँठो फुकाउन अथकको दौडधुप
  • काँचुली खबर

करिब ४ महिनाको निरन्तर प्रयास पछि कुसुम क्षेत्रमा विद्युत विस्तारको काम सुचारु गराउन सफल भएका बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा साँसद महेश्वर गहतराज अथक पछिल्लो समय बाँकेको प्रतिष्ठित योजना हुलाकी सडकको गाँठो फुकाउन दौडधुप गरिरहेका छन । कोललपुर धामपुर ३३ केभी बिद्युत बिस्तारमा सक्रिय रुपमा लागिपरेका साँसद अथकले मँगलबार देखी हुलाकी सडकतर्फ आफुलाई केन्द्रित गरेका हुन ।

साँसद अथकले मँगलवार भौतिक योजना तथा यातायात मन्त्रालयमा पुगी मन्त्री रघुबिर महासेठ र सडक बिभागका महाप्रबन्धक रबिन्द्र नाथ श्रेष्ठसँग हुलाकी सडकका विषयमा छलफल गरेका थिए । बाँकेको सदरमुकाम नेपालगञ्ज देखि राप्तीपारी कटकुइया सम्मको ४६ किलोमिटर दुरीको उक्त सडक निर्माण कार्यको ठेक्का पप्पु कन्ट्रक्शन गणपति र लुम्बिनी कन्ट्रक्शनको ज्वाइन्ट भेन्चरमा संन्चालित रहेको थीयो । पछिल्नो समयमा रकम भुक्तानीको बिषयलाइ लिएर बिबाद भएपछि हुलाकी सडक योजनाको तिब्रता प्रति आशंका बढ्दै गएको थियो । भुक्तानीको बिषयलाइ लिएर बिवाद भएका कारण काममा अवरोध हुने थाहा पाएपछी साँसद अथकले चासो लिएका हुन ।
यसैबिच बुधबार पनि साँसद अथकले पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेलसँग भेटगरी बाँकेको बिकास निर्माणका बिषयमा आइपरेका अप्ठेराका बारेमा जानकारी गराएपछि अध्यक्ष प्रचण्डले भौतिक योजना तथा यातायात मन्त्री रघुबिर महासेठलाई बोलाइ बाँकेको हुलाकी सडकमा देखापरेको अवरोधलाइ हटाइ यथासिघ्र काम अघी बढाउन निर्देशन दिएको साँसद अथकले जानकारी दिए ।

  • १६ कार्तिक २०७५, शुक्रबार १४:१३ प्रकाशित
  • Nabintech