काठमाडौं – प्रधानमन्त्री केपी ओलीलाई अस्पतालबाट आज साँझसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको छ । स्वास्थ्यमा पूर्ण रुपमा सुधार आएपछि अस्पतालले डिस्चार्ज गर्न लागेको हो । प्रधानमन्त्री ओलीको बिहिबारसम्मको सबै रिपोर्ट सामान्य देखिएको उपचार संयोजन गरिरहनु भएका प्रा।डा अरुण सायमीले बताउनुभएको छ । प्रधानमन्त्रीको उपचारमा प्रा।डा। सायमीसँगै, डा। दिव्या सिह र डा। सन्तकुमार दास लगायतको टोली खटिरहेको छ ।
डा सायमीका अनुसार प्रधानमन्त्री ओलीको रगतमा चिनीको मात्रा सन्तुलित भएपछि बिहिबारदेखि इन्सुलिन दिन बन्द गरिएको छ । उहाँको रुघा,खोकी खोकी पनि पूर्ण रुपमा ठिक भएको छ । प्रधानमन्त्री ओली गत शुक्रबारदेखि अस्वस्थ हुनु भएको हो । रुघा,खोकीसँगै छातीमा संक्रमण देखिएपछि उहाँ सोमबारदेखि मनमोहन कार्डियोथेरासिक एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।
१६ कार्तिक २०७५, शुक्रबार ११:२० प्रकाशित