पोखरा – पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत बिहीबार भएको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं रोयल्सलाई १५० रनको चुनौती दिएको छ। पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १४९ रन बनाउन सफल भयो। लगातार तीन खेल गुमाएपछि धनगढीविरुद्ध पहिलो जित दर्ता गरेको चितवनले काठमाडौंविरुद्ध राम्रो सुरुवात गर्यो। पहिलो विकेटका लागि हरिशंकर शाह र अनिल शाहले ५४ रनको साझेदारी गरे। त्यसक्रममा अनिलले २७ रन बनाए।
जम्मा स्कोर ७९ पुगेको अवस्थामा चितवनका कप्तान व्यक्तिगत १४ रनमा पेभेलियन फर्किए। धनगढीविरुद्ध अर्धसतक बनाएका हरिशंकरले आजपनि ६० रन बनाउन सफल भए। उनले ४९ बलमा पाँच चौका र तीन छक्का हाने।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यसैगरी स्मिथ पटेलले ३१ रन र सन्नी पटेलले १३ रन बनाउँदै चितवनको पारि सम्हाले। बलिङतर्फ काठमाडौंका बसन्त रेग्मीले दुई विकेट लिए। त्यस्तै पवन सराफ र नन्दन यादवले एकरएक विकेट लिए।
१५ कार्तिक २०७५, बिहीबार १३:२१ प्रकाशित