काठमाडौँ – पछिल्ला ६ मध्ये पाँच खेलमा पराजय भोगेको स्पेनिस क्लब रियल मड्रिडले प्रशिक्षकलाई बर्खास्त गरेपछिको खेलमा फराकिलो जित निकालेको छ । स्पेनिस कोपा डेल रे अन्तरगत राउन्ड ३२ को खेलमा मड्रिडले मेल्लिालाई ४–० ले हराएको हो । मड्रिडलाई जिताउने क्रममा करिम बेन्जेमाले खेलको २८ औँ मिनेटमा पहिलो गोल गरे ।
त्यसपछि खेलको ४५ औँ मिनेटमा मार्को एसेन्सियोले अर्को गोल पे । रियलले पहिलो हाफमा २–० को अग्रता लिएको अवस्थामा दोस्रो हाफमा २ गोल थप्यो ।
दोस्रो हाफमा खेलको ७९ औँ मिनेटमा अल्भारो ओड्रियोजोला र खेलको अन्तिम समयको दोस्रो अतिरिक्त मिनेटमा गोन्जालेज पेरेजले गोल गरेपछि रियलले ४–० को जित निकाल्यो ।
यसअघि ला लिगामा लगातार हार भोगेपछि रियलले प्रशिक्षक जुलेन लोपेटेगुईलार्इ साढे चार महिनामै बर्खास्त गरेको थियो ।
१५ कार्तिक २०७५, बिहीबार १३:१९ प्रकाशित