नेपालगन्ज- नेपाली कांग्रेसको आर्थिक निती सम्बन्धी प्रस्तावन तयारीका लागि नेपालगन्जमा कांग्रेसका बिभिन्न तहका नेतृत्वहरुसंग अन्र्तक्रिया कार्यक्रम गरिएको छ । 
नेपाली कांग्रेसका केन्द्रिय नेताहरुको उपस्थितीमा सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा कांग्रेसका बिभिन्न तहका नेतृत्वहरुसंगको छलफलमा उठेका बिभिन्न आर्थिक कार्ययोजनाहरुलाई माथिल्लो तहमा छलफल गरि निति तथा कार्यक्रममा समाबेश गरिने नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले जानकारी दिए । गोष्ठिमा बाँकेमा रहेका कांग्रेस सम्बद्ध बिभिन्न भातृसंगठनका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले अब कांग्रेस पार्टी पनि ब्यक्तिगत स्वार्थलाई त्यागेर अब समाज र राष्ट्रका पक्षमा अगाडी आउनु पर्नेमा जोड दिएका थिए । 
अबको क्रान्ति भनेको आर्थीक क्रान्ति भएको हुदा स्थानिय स्तर देखिका बिभिन्न सम्भाब्यताहरुको अध्ययन र तिनिहरुको समाधानका उपायहरुका बारेमा नितिगत रुपमानै समाबेश गरेर अगाडी बढ्नु पर्नेमा जोड रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्यि सदस्य जिबन शाही, सासंद, बाँके पार्टी सभापति किरण कोईराला, लगाएत बिभिन्न भातृ संगठनका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१२ कार्तिक २०७५, सोमबार १२:४९ प्रकाशित