बाँकेको जानकी गाउपालिका वडा नं ३ रम्वापुरमा एक नावालकको अचानक मृत्यु भएपछि स्थानियहरु आक्रोशित भएका छन । इन्द्रपुर स्वास्थ्य चौकीकी अनमी सन्ध्या धिमालले बच्चालाई फरक सुई लगाएर मारेको स्थानियले आरोप लगाएका छन् । जानकी गाउपालिका वडा नं. ३ रम्वापुरका एक नावालकको खोप लगाएको केही समयपछि मृत्यु भएको थियो । इन्द्रपुर स्वास्थ्य चौकीकी अनमी सन्ध्या धिमालले बच्चालाई फरक सुई लगाएर मारेको स्थानियले आरोप लगाएका छन् ।
स्वास्थ्य चौकीमा संचालन गरिएको शिविरमा स्थानिय रलामुद्दिन नाउ आफ्नो छोरालाई भ्याक्सिन लगाउन पुगेका थिए । शुक्रवार बिहान साढे १० बजे नाउ सुई लगाएर राम्रैसंग घर फर्केका थिए । सुई लगाएको अर्कोदिन अर्थात शनिवार विहान ४ बजे बच्चाको एक्कासी मृत्यु भएपछि स्थानियहरु आक्रोशित भएका छन । ५० दिनको छोरा सुईकै गडबडिका कारण मरेको नाउले दावी गरे ।
यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख राम बहादुर चन्दले बालकको मृत्युको कारण सुई हो वा होईन भन्ने बारे छानविनबाट मात्र पुष्टि हुने भन्दै छानविन अगाडी बढाईएको जानकारी दिए । चन्दले भने, ‘भ्यासिनले खासै समस्या नहुनुपर्ने हो । बालस्वास्थ्य महासंघ र डव्लुएचओको टोलीले छानविन गरेपछि मात्र घटनाको वास्तविकता पत्ता लाग्ने छ ।’
भ्याक्सिनको कारण हुने प्रतिक्रिया ३ घण्टा भित्र थाहा भैसक्नु पर्ने बताउँदै चन्दले बालकको मृत्यु भ्याक्सिन लगाएको धेरै समयपछि भएकाले छानबिन समितीले नै मृत्युको कारण पष्टि गर्ने दावी समेत गरे । शिविरमा बालकलाई डिपिटी, पोलियोे र पिसिबीको सुई लगाईएको थियो ।
१० कार्तिक २०७५, शनिबार १४:४९ प्रकाशित