बेलायतको ट्राभल गाइड बुकले पर्यटकीय गन्तव्यका लागि विश्वका १० सुन्दर देशहरुको सुची प्रकाशित गरेको छ । त्यस मध्य भ्रमणकालागि नेपाल पहिलो नम्बरमा परेको छ । यो आजभन्दा २ वर्ष पहिलेको कुरा हो । सन् २०१६ मा भ्रमणका लागि बेलायतको रफ गाइडले प्रकाशित गरेको विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा पर्न सफल भएको थियो ।
०७२ साल वैशाख १२ गते गएको भूकम्पले थिलो थिलो भएको नेपालको पर्यटन व्यावसाय माथि उक्लदै गएको छ भन्दै गाईडले नेपाल भ्रमण गर्न योग्य सुन्दर देश भनेको छ । रफ गाईडले नेपालको ट्रेकिङ रुट, होम स्टे तथा विभिन्न सांस्कृतिक क्षेत्रलाई पर्यटकीय आकर्षणको मुख्य केन्द्र भनेको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

भूकम्पले आफ्ना प्रियजन गुमाउनुको पिडा, अथाह धनजनको क्षतिका बाबजुत पनि नेपाली जनताको आत्मिय स्वागत र व्यवहारलाई पनि नेपाली पर्यटन क्षेत्रको सुन्दर र सबल पक्ष भनेको छ । विभिन्न हिम श्रृँखला, जंगली जनावर तथा विविधताले भरिपूर्ण नेपाली जंगलहरुलाई पर्यटनकालागि उत्कृष्ट रहेको बताईएको छ । रफ गाइडको १० देशको सूचीमा नेपाल पहिलो, कोलम्बियालाई दोस्रो नम्बरमा राखिएको छ । क्युवा तेस्रो, जोर्डन चौंथो, अल्बानिया पाँचौं, रोमानिया छैटौं, एल सालभाडोर सातौं, वेल्स आठौं, केन्या नवौं तथा श्रीलंका दशौं नम्बरमा परे पनि भारतलाई भने कुनै पनि सुचिमा राखिएको छैन ।










१० कार्तिक २०७५, शनिबार १४:०९ प्रकाशित