बिधी अनुसार पार्टी चल्नु पर्छ : नेता नेपाल
  • काँचुली खबर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी बिधि अनुसार चल्नुपर्ने बताएका छन । मंगलबार बाँकेको कोहलपुरमा अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी विधी र पद्धती अनुसार चल्नुपर्नेमा जोड दिदै कम्युनिष्ट पार्टी विधी र पद्धती भन्दा बाहिरबाट सञ्चालन गर्न खोजिए त्यसलाई स्वकार गर्न नसकिने बताए ।
पार्टीभित्रका अन्तर विरोध नेतृत्वले सहि ढंगले टुग्याउनुपर्नेमा उनले जोड दिदै नेता नेपालले पार्टीको आसन्न स्थायी कमिटी बैठकले पार्टी कमिटी एकीकरणको कामलाई टुङ्गो लगाउने बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

साविकको नेकपा एमाले बाँके जिल्ला कमिटीका सचिव रत्न खत्रीका अनुसार बरिष्ठ नेता नेपाल दाङमा विजयादशमी तथा दिपावली पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन दाङ जानेक्रममा बाँके आएका हुन् । नेपालको स्वागतका लागि विमानस्थलदेखि नै नेता कार्यकर्ताको भिड लागेको थियो । स्वागतका लागि राप्रपाका नेता समेत रहेका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा पनि विमानस्थल पुगेका थिए ।
नेपालसँगै पार्टीका स्थायी कमिटी सदस्य युवराज ज्ञवाली र कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालापनि कोहलपुर आएका थिए ।

  • ६ कार्तिक २०७५, मंगलवार १४:०५ प्रकाशित
  • Nabintech