काठमाडौं – आज नवरात्रीको ८ औं दिन राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पाचखाल-९ मा रहेको पलाञ्चोक भगवतीको दर्शन तथा पूजा गरेकी छन् । राष्ट्रपति भण्डारी विहान ९ बजेर ३५ मिनेटमा पलाञ्चोक भगवती आइपुगेकी हुन् । करिब १५ मिनेट उनले मन्दिरमा पूजा र भगवतीको दर्शन गरेर फर्किएकी छन् ।
पाँचखालस्थित नेपालीको सेनाको तालिम केन्द्रसम्म हेलिकप्टरमा आएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उदव केसी, प्रमुख जिल्ला अधिकारी कृष्ण राउत, धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जु, पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, एसपी रविराज खड्का लगायतले स्वागत गरेका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
स्थानीय अगुवाहरुले भने राष्ट्रपतिसँग भूकम्पपछिको पुनर्निर्माणका बारेमा जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले जनप्रतिनिधिले जनताका लागि प्रशंसा योग्य काम गर्न आग्रह समेत गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीसँगै पर्यटन मन्त्री रविन्द्र अधिकारी पनि पलाञ्चोक भगवती आएका थिए । उनले पलाञ्चोक भगवतीका नेपाल सरकारले थप कदन चाल्ने आश्वासन दिएका थिए ।
३१ आश्विन २०७५, बुधबार १३:१२ प्रकाशित