१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा पनि मनाइयो ६३ औं प्रहरी दिवस
  • काँचुली खबर

नेपाल प्रहरीको ६३ औं प्रहरी दिवस बाँकेमा पनि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले आज  एक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाइँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख अरुण पौडेको  अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, स्थानिय तहका प्रमुख, कार्यालयका प्रमुख, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नेपाल प्रहरीको गौरवपुर्ण इतिहाँस भएको बताउनु भयो । उहाँले सुशासनयुक्त र समृद्ध नेपाल निर्माणमा प्रहरी संगठनको महत्वपुर्ण भुमिका रहेको भन्दै प्रशंसा समेत गर्नु भयो । समाजका बिभिन्न बिकृति रोक्न प्रहरीले खेलेको भुमिका अतुलनिय भएको समेत प्रजिअ भुजेलको भनाई छ ।

 

  • २५ आश्विन २०७५, बिहीबार १४:०६ प्रकाशित
  • Nabintech