हिन्दुहरुको महान चाडपर्व एकताको प्रतीक भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । जिल्ला प्रशासन कार्यालय प्युठानद्वारा आयोजित बडादशैँ, दीपावली, छठ-२०७५ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालीका विभिन्न चाडपर्वले विभिन्न समुदायबीच आपसी भाइचारा र एकतामा बाँध्ने गरेको बताउँदै देशको विकासमा समेत सबै एकजुट भई अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
प्रदेश सभाका संसद हरि रिजालले देश समृद्ध बनाउन सबैको सहयोग आवश्यक रहेकोले सबै आ-आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए । प्रदेश संसद कृष्ण ध्वज खड्काले सबै संकल्पका साथ लाग्ने हो भने देश समृद्धिको दिशा तर्फ जाने र देशमा हुने भष्टचार अनियमितता कुरितिको अन्त गर्न सके देशले बिकासमा फड्को मार्ने भन्दै सूत्रमा बाँध्ने हाम्रा चाडपर्वले देशमा सुख,शान्ति कायम गर्न सफल रहून् भनी शुभकामना दिए ।
कार्यक्रममा शुभकामना दिदै प्रदेश समानुपातिक संसद तारा जि सीले यो सरकाले जनताको जनचाहना अनुसार काम गर्न नसकेकोले जनताको अपेक्षा अनुसार काम गर्ने प्रेरणा पैदा होस भनी शुभकामना ब्यक्त गरेको थिइन । त्यस्तै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले चाडपर्व लाई लक्षित गरि बजार अनुगमनलाई तिब्रता दिएको बताए । पर्बको बेला गाउघरमा जाडरक्सी जुवातास खेल्ने शान्ति सुरक्षामा खलल गर्ने गतिविधि तिब्र गतिमा गाडी चलाउने मापसे गरेर ड्राइभ गर्ने प्रती कडा निग्रानी राख्न सुरक्षा निकाएलाइ परिचालन गरिएको बताए । यात्रुलाइ यात्रामा सहज होस भन्ने उदेश्यले ठाउँ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरि प्रबन्ध मिलएकोले सबैले ढुक्क भएर चाडपर्व मनाउन आग्रह गरे । उनले भने चाडपर्व लाई धेरै भड्किलो महँगो नबनाउन भन्दै शुभकामना ब्यक्त गरेका छन । जिल्ला समन्वय समिती प्युठानको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले गरेका थिए भने स्वागत सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले गरिएको उक्त कार्यक्रममा जिल्ला न्यायाधीश जिल्ला समन्वय प्रमुख नगरपालिका प्रमुख उपप्रमुख गाउँ पालिकाको अध्यक्ष उपाध्यक्ष राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख तथा राष्ट्रसेवक कर्मचारी जनप्रतिनिधि, उद्योगी, व्यापारी, सञ्चारकर्मी लगायतकले शुभकामना मन्तव्य ब्यक्त गरेक थिय ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२५ आश्विन २०७५, बिहीबार ११:५१ प्रकाशित