ग्रासरुट फुटबल प्रशिक्षण सुरु !
  • काँचुली खबर

नेपालगन्जमा बुधबारदेखि ग्रासरुट फुटबल प्रशिक्षण सुरु भएको छ । देशभरका ८ बर्षदेखि १३ बर्ष उमेर समूहका बालबालिकालाई प्रशिक्षित गर्ने एन्फाको अभियान अन्तरगत नेपालगन्जमा पनि ग्रासरुट फुटबल प्रशिक्षण सुरु भएको हो ।

धम्बोझीको विशालनगरस्थित मैदानमा २ सयभन्दा बढी स्कुले बालबालिका प्रशिक्षणको औपचारिक कार्यक्रममा सहभागि भएका थिए । एन्फा बाँकेका अध्यक्ष भोजराज शाहीले खेलाडी उत्पादन गर्ने लक्ष्य अनुसार निश्चित तालिम दिई छनोट गर्दै क्रमशः माथिल्लो स्तरका खेलहरुमा सहभागि गराईने जानकारी दिएका छन् । ग्रासरुट फुटबल मैदान र अन्य आवश्यक संरचनाका लागि एन्फाले बाँकेमा पनि ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

शाहीले बालबालिकाहरुलाई प्रशिक्षित गर्न १० जना स्वयमसेवक प्रशिक्षक नियमित खटिने जानकारी दिँदै नेपालगन्जको ग्रासरुट फुटबललाई नेपालकै उत्कृष्ट बनाउने दाबी गरेका छन ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विभिन्न देशमा यो कार्यक्रम यसअघि नै लागु गरिसकेको भएपनि नेपालमा भने भर्खरै सुरुवात भएको छ । ग्रासरुट फुटबलमा विद्यालयस्तरबाटै फुटबलको जग बलियो बनाउन यो कार्यक्रम अन्तरगत बालबालिकाहरुलाई फुटबलको आधारभूत ज्ञान दिईन्छ ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, उपमेयर उमा थापा, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वली लगायतले फुटबल प्रशिक्षणले क्षमतावान दक्ष खेलाडी उत्पादनमा सहयोग पुर्याउने धारणा राख्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए ।

  • २४ आश्विन २०७५, बुधबार १४:२० प्रकाशित
  • Nabintech