वीरगञ्ज– जिल्ला प्रहरी कार्यालय पर्साले अमेरिकी स्वचालित पेस्तोलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। दशैंतिहार विशेष सुरक्षा योजनाअन्तर्गत सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार साँझ पर्टेर्वासुगौली ४ फरदवा भलुवाही खोलाको बगरमा चेकजाँच गर्ने क्रममा २५ वर्षीय मनोज पासवानलाई स्वचालित हतियारसहित नियन्त्रणमा लिएको हो।
उनको साथबाट स्वचालित मेड इन युएसए लेखिएको पेस्तोल र एक थान खाली म्याग्जिन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पासवानलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२४ आश्विन २०७५, बुधबार १३:०२ प्रकाशित