यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोका चिकित्सक डेनिस मुकवेगी र इराककी कुर्दिस मानवाधिकारवादी नादिया मुरादलाई प्रदान गरिने भएको छ ।
नर्वेका पुरस्कार प्रदान गर्ने समितिले मुकवेगीले युद्धका समयमा यौन हिंसा पीडितका जीवन जोगाउनका लागि निर्वाह गरेको भूमिकाका लागि पुरस्कार प्रदान गर्ने निर्णय भएको जनाएको छ । पुरस्कारका लागि छनौट भएकी मुरादले यौनहिंसा पीडित हुन् ।
उनले आफूसहित विभिन्न महिलामाथि भएको घटनाबारे बताउँदै आएकी छिन् ।
मुकवेगीले जीवनका अधिकांश समयमा कंगोमा यौन हिंसा परेका महिलाका उपचार बिताएका थिए । सामूहिक बलात्कारका शिकार भएका हजारौं महिलाका उनले उपचार गरेका थिए । मुराद आइएस सैनिकका बलात्कार र अन्य दुर्व्यवहारबाट पीडित भएकी याजिदी महिला हुन् । उनी जस्तै करिब तीन हजारलाई आइएसले यौन दासी बनाएको थियो ।
२० आश्विन २०७५, शनिबार १७:२६ प्रकाशित