कोहलपुर नगरपालिका-१० चटार निवासी ४१ वर्षिय खुसीराम थारु र ३५ वर्षिय राधा थारु छिमेकी थिए । उमेरले पाका र विवाहित भएकाले उनिहरु बिचको हेलमेललाई समाजले खासै महत्व दिएन । तर उनीहरुबिच बढ्दै गएको हेलमेलले अन्तत दुबैको ज्यान लिएको छ ।
दुबै विवाहित भएपनि एक-आपसमा बढ्दै गएको आकर्षणका कारण आत्महत्याको बाटो रोजेको खुल्न आएको छ । ४१ वर्षिय खुसीराम र उनकी प्रेमीका भनिएकी राधाले सोमबार बैजनाथ गाँउपालिका-७ पेडारीमा बिष सेवन गरि आत्महत्या गरेका हुन ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक मान बहादुर विसीले सल्फास नामक विषादी प्रयोग गरेर दुबैले आत्महत्या गरेको जानकारी दिए । विसीले घटनास्थलबाट सल्फास नामक विषादीको ४ वटा खाली सिसि समेत बरामत गरिएको बताए ।
मृतक दुबैको पोष्टमार्टमपछि उनीहरुको शवलाई आफन्तको जिम्मा लगाईने ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
१५ आश्विन २०७५, सोमबार १८:०५ प्रकाशित