बाँके प्रहरीको ठुलो सफलता : हत्याका आरोपी १३ वर्षपछि पक्राउ !
  • काँचुली खबर

नेपालगन्जका सुन व्यवसायी हेमकार परिवार हत्याकाण्डका आरोपीलाई १३ बर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
२०६२ साल फागुन २३ गते नेपालगन्ज ११ सदरलाइनस्थित न्यू दिप ज्वेलर्सका सञ्चालक दिपक हेमकारसहित हेमकार परिवारका ४ जना र पसलमा काम गर्ने अर्का एक व्यक्ति गरी ५ जनाको सुतेको अवस्थामा धारिलो हतियार प्रहरी गरी हत्या भएको थियो ।
सो हत्यामा संलग्न भएको आरोपमा बाँके प्रहरीले भारत उत्तर प्रदेश सीतापुर जिल्ला विसवां बजारका ६५ बर्षीय किशोरीलाल सोनीलाई शनिबार राती ८ बजेतिर जमुनाहा नाकाबाट पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए ।
पत्रकार सम्मेलन मार्फत् आरोपी सोनीलाई सार्वजनिक गर्दै प्रहरी प्रमुख पौडेलले जमुनाहा नाका भएर नेपालगन्ज प्रवेश गर्ने क्रममा उनलाई पक्राउ गरेको उनले बताए ।
१३ बर्षअघि ८२ बर्षिया गुलाव देवी हेमकार, ६२ बर्षिय जगदेव हेमकार, उहाँकी श्रीमति ४५ बर्षिया सीतादेवी, छोरा ३२ बर्षिय दिपक र ज्वेलर्समा काम गर्ने साविकको खासकुश्मा गाविस १ कुसुमका १५ बर्षिय रामशनिच्चर चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
हत्या आरोपी सोनी दिपक हेमकारका ससुरा हुन् । दिपककी श्रीमति दिपा भने घटनापछि फरार छन् । प्रहरीले घटनामा अझैं धेरैको संलग्नता रहेको आशंकामा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

  • १४ आश्विन २०७५, आईतवार १८:५७ प्रकाशित
  • Nabintech