विश्व मुटु दिवसकाे अवसरमा सय किलाेमिटर साईक्लिङ
  • काँचुली खबर

बिश्व मुटु दिवसको अवसरमा शनिवार साइकल यात्राकाे आयोजना गरियो। नेपालगन्जको प्रसिद्ध शक्ति पिठ बगेश्वरी मन्दिरबाट सुरु गरिएको साइकल यात्रालाई  नेपालगन्ज साईक्लिङ क्लवका अध्यक्ष केशर आलेले शुभकामना दिदै बिदाइ गरेका थिए ।

साइकल यात्रा बागेश्वरी, कम्दी, फत्तेपुर, बिनौना, बैजापुर,अगैया, समसेरगन्ज, ढकेरी, कोहलपुर हुँदै नेपालगन्ज पुगेर समापन भएको क्लवका सदस्य सतिश निरौलाले जानकारी दिए । यात्राका क्रममा ठाँउ-ठाउँमा साइकल यात्रीहरुले स्वस्थ मुटुका सम्बन्धमा स्थानीयहरूलाई जानकारी समेत दिएका थिए । साइकल यात्रा अगैया पुगेपछि राप्तिसोनारि गाँउपालिकाले स्वागत गरेको थियो भने पालिकाको सभाकक्षमा एक कार्यक्रम को समेत आयोजना गरियो।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

वडा नं. ८ का वडा अध्यक्ष खुम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा गाँउपालिकाका अधिकृत नोक बहादुर वलिको समेत उपस्थिति रहेकाे थियाे । क्लवका  उपाध्यक्ष लवराज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ मुटु रहेमात्र मानव स्वास्थ्य स्वस्थ रहने भन्दै साईक्लिङका माध्यमबाट स्वस्थ रहन सकिनेमा जोड दिइयो। सो कार्यक्रममा क्लबका सचीव गगन थापा र सदस्य सतिश निरौलाले समेत मन्तव्य राखेका थिए । १५ जना साइक्लिस्टको सहभागिता रहेको साइकल यात्रामा १०० किमिको यात्रा पूरा गरिएको र सो कार्यक्रमलाई अर्घाखाँची ओपिसी सिमेन्ट र राप्ती सोनारी गाउँपालिकाले सहयोग गरेको क्लबले जनाएको छ।

  • १३ आश्विन २०७५, शनिबार २२:०८ प्रकाशित
  • Nabintech