मानो डे बाल्जक एक फ्रान्सेली लेखक थिए । उनले कफी एक बौद्धिक विकासको महत्वपूर्ण पेय पदार्थ हो भन्ने कुरामा निकै विश्वास राख्थे । किनकी उनी स्वयम पनि निकै कफी पिउँथे । कफी पिउने उनको शारिरीक तथा मानसिक अवस्थाकै आवश्यकता स्वरुपको रुटिङ थियो । पेरिसनेर मध्यरातमा खुल्ने एउटा कफीशप थियो । त्यो बिहानसम्म खुल्थ्यो । उनी मध्यरातदेखि विहानसम्म नै त्यही कफीशपमा बसेर लेख्ने गर्थे । उनले त्यो समयावधिसम्म ५० कप भन्दा धेरै कफी पिउँथे ।
कफी पिउने उनको आदात मात्र नभएर त्यसलाई एउटा रुटिङ नै निर्माण गरेर उनी कफी पिउँथे । त्यतिमात्र होइन उनले पिउने कफीको मात्र दिनानुदिन बढाउँदै पनि लगिरहेका थिए । उनले कफी नपिएको वेला उनी लेख्न नै बस्दैनथे । त्यस्तो वेला उनले कफी मुखमा राख्थे । यस्तो वेलामा सैनिकको बटालियनले जत्तिकै छिटो हात र दिमाग चल्ने उनी बताउँथे । उनले आफू बाँचुन्जेल एक सय भन्दा बढि औपन्यासिक कृतिहरु लेखे भने कयौ नाटकहरु पनि लेखे । मुटु फेल भएका कारण उनीको ५१ वर्षमै निधन भयो तर उनको दिमाग जति चल्थ्यो त्यो कफी कै कारण भएको उनको विश्वास थियो ।
सायद त्यो समयमा अन्य ‘स्मार्ट ड्रग्स्’ को विकास भएको थिएन । मानिसहरु फ्रेस हुनको लागि कफी, चिया वा यस्तै केही पेय पदार्थ पिउँथे । यद्दपी अल्कोहलिक पदार्थको भने छुट्टै कथा छ । त्यसवेलाका केही सताब्दीहरुमा कयौं कम्पनीहरुले आफ्ना कामदारहरुलाई दिक्क लागेका वेला ‘ओल्ड कफिन’ खान प्रेरित गर्थे भनिन्छ । तर आज त्यस्तो छैन । किनकी थुप्रै यस्ता ‘स्मार्ट ड्रग्स्’ हरु पत्ता लागिसकेका छन् जसले दिमागको विकासका लागि निकै भुमिका खेल्छ भन्ने वैज्ञानिकहरुको विश्वास छ । किनकी पुष्टि समेत भएको छ नै त्यस्तै ।
अब चर्चा गरौं आधुनिक पछिल्ला सताब्दीहरुमा प्रयोग हुने गरेका स्वस्थ्यलाई फाईदा पुग्ने भनिएका ती ‘स्मार्ट ड्रग्स्’ भनेका के-के हुन्, यसको प्रयोगले शरिरको कुन-कुन भागलाई फाइदा पुग्छ वा हानी वा साईड इफेक्ट के छ ?
उत्तेजना कम गर्ने
‘पिरासेटम’
रोमानियाका वैज्ञानिक कर्नेलिय गियगेले ‘स्मार्ट ड्रग’ सन् १९६० को दशकमा पत्ता लगाएका हुन् । यी वैज्ञानिक त्यतिवेला एउटा यस्तो रसायनको खाजीमा थिए जसले मानिसलाई निद्रा लागेको अनुभव दिलाओस् । कयौं महिनाको टेस्टपछि उनले कम्पाउण्ड ६२१५ नामको पदार्थ पत्ता लगाए । यसको साइड इफेक्ट अत्यन्तै कम थियो । यो सुरक्षित पनि थियो तर यसले अपेक्षित काम भने गरेन ।
पछि पिरासेटम पत्ता लागिसकेपछि चाहिँ केही साइड इफेक्ट देखियो । तर केही महिनाको मेहनतमा पिरासेटम केही बिरामीमा परिक्षण गरियो । र त्यसले काम पनि गर्यो । त्यसपछि तत्काल यसलाई आधिकारीकता दिइयो । शुरुमा यसलाई नुट्रोपिक नाम दिइएको थियो । जसको अर्थ माइन्ड बेन्डिङ भन्ने हुन्छ ।
पछिल्लो समय पिरासेटम विद्यार्थी तथा युवा प्रोफेस्नलमाझ लोकप्रिय नै देखिन्छ । यसलाई शारिरीक तथा मानसिक प्रदर्शन बढाउन प्रयोग गर्ने गरिन्छ । यद्दपी अझैपनि यसका शारिरीक र मानसिक क्षमता बढाउँछ भन्ने पर्याप्त प्रमाणहरु भने नभएको बताइन्छ ।
फिनाइल पिरासेटम
यो झण्डै पिरासेटम जत्तिकै हुने र सबै प्रकारका गुणहरु पिरासेटमसँग मिल्ने प्रकारको स्मार्ट ड्रग भएको वैज्ञानिकहरु बताउँछन् । फिनाइल पिरासेटम विशेषगरी शरिरीक विकासका लागि राम्रो मानिन्छ । बोडी बिल्डर्सहरु यस्तो प्रकारको ड्रग प्रयोग गर्ने गरेका छन् ।
सेनारियो
सेनारियो साधारणतः पूर्ण ‘स्मार्ट ड्रग’ हो । यसले दिमागलाई कम एक्साईटेड बनाउन सहयोग गर्छ । यसको नियमित प्रयोगकर्तालाई दिमाग ओभर एक्साईटेड हुनबाट रोक्छ वा पुरानै अवस्थामा हुन्छ ।
उत्तेजना बढाउने
सुस्तबाट सक्रिय दिमाग बनाउन पनि कयौं ‘स्मार्ट ड्रग’ पत्ता लागेका छन् ।
क्रिएटिन मोनोहाईड्रेट
यो सिधै खान सकिने प्रकारको ‘स्मार्ट ड्रग’ हो । यो हेर्दा सेतो धुलो हुन्छ । यसलाई दुध वा चिनीजन्य पदार्थसँग मिलाएर खान सकिने वैज्ञानिकहरु बताउँछन् । यसले मस्तिष्कको काम गर्ने क्षमतामा वृद्धि गर्छ ।
इप्सोस पब्लिक एफेयर्सले गतवर्ष गरेको एक सर्वेक्षणका अनुसार २२ प्रतिशत युवाहरुले यसलाई आफ्नो खेलको विकासका लागि लिने गरेको बताएका थिए । “यसको असर यति हुन्छ की खेल मैदानमै तत्काल खेलाडीको प्रदर्शन फरक पर्ने हुन्छ”, उनीहरुको दाबी छ ।
सानफोर्ट विश्वविद्यालयका न्युरोवैज्ञानिक भन्छन्, “मेरो विचारमा यो प्रष्ट छ की केही गर्नुपर्छ कामका लागि ।”
एम्फेटामाइन्स्
यो एक लामो समयसम्म पनि काम गरिरहने ‘स्मार्ट ड्रग’ हो । एक जना गणितज्ञ पउल इर्डोस्ले यस्ता ड्रग लिएका थिए जब उनले गणित किताब लेख्न शुरु गरेका थिए । उनले एकैपटक दुईओटा किताब लेख्दा उक्त ड्रग प्रयोग गरेको बताए ।
यी ‘स्मार्ट ड्रग’ हरुले मन्द रुपले काम गर्ने वैज्ञानिकहरु बताउँछन् । जसले दिमागको विकासमा सहयोग गर्दछ ।
रिटालिन
विशेषगरी गणितीय दिमाग बढाउन र त्यस्ता कुराको खोजका लागि रिटालिन लिने मानिसहरु पनि छन् । यसले गणितका रोचक कुरा खोज्न दिमागलाई केन्द्रित गर्ने वैज्ञानिकहरु बताउँछन् ।
प्रयोग
आधिकारीक सल्लाह र सुझाव विना प्रयोग गर्नु अर्को महाहानी हो । प्रोफेसनल व्यक्तिको उचित सल्लाह, शारिरीक अवस्था तथा के का लागि कुन उपयुक्त हुन्छ भन्नेबारे खुब प्रस्ट हुनुपर्ने स्वयम ‘स्मार्ट ड्रग’ पत्ता लगाउने वैज्ञानिकहरको सुझाव छ ।
मात्रा
अधिक मात्राले ‘स्मार्ट ड्रग’ हुँदैन त्यो ‘स्टुपिड ड्रग’ हुन्छ । यसले प्रत्यक्ष असर पार्दछ । र अन्तमा यसले एडिक्टेड बनाउने समेत वैज्ञानिकहरु बताउँछन् । अतः होसियारी हरेक कुरामा अपनाउनु पर्दछ चाहे त्यो बढि मात्रा होस् या कम नै किन नहोस् ।
साइड इफेक्ट
प्रायः ‘स्मार्ट ड्रग’ हरुकै पनि कयौ साइड इफेक्ट हुन्छ । यद्दपी राम्रो कै लागि प्रयोग गर्ने न हो । तर कुनैपनि ‘स्मार्ट ड्रग’ प्रयोग गर्नुभन्दा पहिले त्यसको साइड इफेक्टलाई पनि ध्यान दिनुपर्छ ।
‘स्मार्ट ड्रग’
हामीले दैनिक जीवनमा प्रयोग गर्ने कतिपय वस्तुहरु पनि ‘स्मार्ट ड्रग’ जस्तै नै हुन्छन् । कतिपयलाई त्यहि कुराले फाईदा भइरहेको हुन्छ भने कसैलाई असर । अतः दैनिक जीवनमा प्रयोग हुने पेय पदार्थ देखि खाने वस्तुमा पनि ‘स्मार्ट युजर्स’ बन्न सक्नुपर्छ ।
स्रोत : दैनिक नेपाल
२५ भाद्र २०७५, सोमबार १३:४२ प्रकाशित