पोखराको बेगनास तालमा ९ जना चढेको डुंगा पल्टियो, पाँच जना बेपत्ता
  • काँचुली खबर

पोखरा– पोखराको बेगनास तालमा डुंगा पल्टिँदा पाँच जना बेपत्ता भएका छन् । शनिवार दिँउसो ९ जनासवार डुंगा पल्टिँएको हो । डुंगामा सवार ४ जनाको उद्धार गरिएपनि पाँच जना बेपत्ता रहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र गुरुङले बताए । बेपत्ता हुँनेमा दुई महिला र तीन बालबालिका रहेका छन् । दुई महिला र दुई जना पुरुषको उद्धार गरएको डिएसपी गुरुङले बताए । उद्धार गरिएकाहरुको अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

  • २३ भाद्र २०७५, शनिबार १४:५१ प्रकाशित
  • Nabintech