जेन्जी आन्दोलनकाे बेला भागेका कैदी बाँकेमा पक्राउ
  • काँचुली खबर

२५ जेठ, नेपालगन्ज । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा कारागारबाट भागेका एक कैदीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ ।

जेन्जी आन्दोलनको क्रममा गत भदौ २४ गते जगन्नाथदेवल कारागार काठमाडौँबाट फरार भएका एक कैदीलाई बाँके प्रहरीले जिल्लाको खजुरा गाउँपालिकाबाट पक्राउ गरेको जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जिल्लाको खजुरा गाउँपालिका वडा ३ ‘क’ गाउँ स्थायी ठेगाना भएका अमृत सुनारलाई उनकै घर ठेगाना नजिकबाट पक्राउ गरिएको जानकारी दिए ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौली खजुराबाट खटिएको प्रहरी टोलीले सुनारलाई उनकै घर ठेगाना भएको खजुरा गाउँपालिका वडा ३ मा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको उनले बताए ।

सुनार लागु औषधसम्बन्धी मुद्दामा पाँच वर्ष कैद सजाय तोकिएर जगन्नाथ देवल कारागार काठमाडौँमा कैद भुक्तान गरिरहेका थिए । पक्राउ परेका सुनारविरुद्ध आवश्यक कानुनी कारबाही अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।

  • २५ जेष्ठ २०८३, सोमबार १७:५९ प्रकाशित
  • Nabintech