विद्यार्थीकाे विश्वास जित्दै गाेरखा स्कुल
  • काँचुली खबर

१७ जेठ, काेहलपुर । बाँकेकाे कोहलपुर नगरपालिका-२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलमा कक्षा ११ अध्ययनका लागि विद्यार्थीहरूको आकर्षण बढ्दो छ । पछिल्लो समय विद्यालयमा विज्ञान र व्यवस्थापन संकायमा अध्ययन गर्न आउने विद्याथीहरूको आकर्षण बढिरहेको हो ।

यस वर्ष विद्यालयमा १२० विद्यार्थीका लागि मात्रै भर्ना कोटा खुला गरिए पनि २३१ जना विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छन् । शनिबार विज्ञान संकायतर्फ १६७ जना र व्यवस्थापनमा ६४ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका हुन् । विद्यालयले यस वर्ष विज्ञान संकायतर्फ ८० र व्यवस्थापन संकायतर्फ ४० सिट निर्धारण गरेको विद्यालयकी प्रिन्सिपल साधना थापाले बताइन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विद्यालयले निर्धारण गरेको कोटाभन्दा धेरै विद्यार्थीहरू सहभागी भएको बताइन् । सीमित सिटका लागि दोब्बरभन्दा बढी विद्यार्थीको प्रतिस्पर्धाले विद्यालयप्रतिको विश्वास र लोकप्रियता अझ बढिरहेको उनले दावी गरिन ।

प्रवेश परीक्षाको नतिजा भने आज दिउँसो १ बजे सार्वजनिक गरिने विद्यालयले जनाएको छ । प्रवेश परीक्षाका दिन आफ्ना बालबालिकासहित विद्यालय पुगेका अभिभावकहरू पनि उत्साहित देखिएका थिए ।

  • १७ जेष्ठ २०८३, आईतवार १२:४४ प्रकाशित
  • Nabintech