१७ वैशाख, नेपालगन्ज । सरोज थापा भनिने श्रवण कुमार थापा हत्या प्रकरणमा ६ वर्षपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा महोत्तरीको बर्दिबास नगरपालिका-३ घर भएकी ३३ वर्षीया निशा बस्नेत (गौतम), सोही ठाउँ घर भएकी ३८ वर्षीया पूजा थापा र सिन्धुलीको कमलामाई नगरपालिका-९ घर भएकी ३६ वर्षीया आरती बस्नेत (थापा) छन् । अहिले पक्राउ परेकी पूजा मृतक सरोजकी श्रीमती हुन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा नेपालगञ्जबाट पक्राउ गरिएको हो । यो घटनाको पछिल्लो समय इलाका प्रहरी कार्यालउ बर्दिबासका डीएसपी विकास बलमे अनुसन्धान गरेका थिए ।
३१ असार २०७६ मा बर्दिबास नगरपालिका-३ स्थित स्मृतिपार्कमा थापाको हत्या भएको थियो । पहिलो भने यो हत्या नभई दुर्घटना भएको भनेर घटना सामसुम भएको थियो । तर श्रीमती पूजाकै योजनामा हत्या भएको हुनसक्ने भन्दै स्थानीयले आशंका गरेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली महोत्तरी गएर अनुसन्धान गरेको थियो ।
त्यसपछि बल्ल श्रीमतीकै योजनामा तेस्रो व्यक्तिलाई सुपारी दिएर हत्या भएको खुलेको हो । यो हत्या प्रकरणमा यसअघि प्रहरीले सर्लाहीको धनकौलाका २७ वर्षीय प्रमोद सिंह, सोही ठाउँका २७ वर्षकै मुकेश साह, रौतहटका ३३ वर्षीय ज्ञीनारायण महरा र रौतहटकै ४६ वर्षीय नरेश सहनीलाई पक्राउ गरेको थियो ।
घटनामा १२ जनाको संलग्नता रहेको खुले पनि श्रीमतीसहित व्यक्ति भने फरार थिए । फरार ८ जना मध्य ३ जनालाई अहिले पक्राउ गरिएको प्रहरीले बताएको छ ।
१७ बैशाख २०८३, बिहीबार २०:०८ प्रकाशित