व्यवसायमा सफल, रणनीतिमा स्पष्ट दिपेन्द्र विष्ट
  • काँचुली खबर

५ फागुन, नेपालगन्ज । प्रतिनिधि सभा निर्वाचनमा यसपटक बाँके निर्वाचन क्षेत्र नं. २ बाट सफल युवा व्यवसायी दिपेन्द्र विष्ट उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्न लागेका विष्टले स्थापित तथा ‘हेभी-वेट’ उम्मेदवारहरूलाई प्रत्यक्ष चुनौती दिइरहेका छन्।

सानै उमेरदेखि विभिन्न व्यवसायमा सक्रिय रहँदै आएका विष्ट सफल व्यवसायीको रूपमा परिचित छन्। निजी क्षेत्रको अनुभवसँगै उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निवर्तमान बोर्ड सदस्य समेत भइसकेका छन्। खेलकुद प्रशासन र व्यवस्थापनमा काम गरेका कारण उनले युवा, खेलाडी तथा स्थानीय विकाससँग सम्बन्धित विषयलाई प्राथमिकतामा राख्दै आएका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विष्टले आफ्ना मुख्य प्राथमिकता सहितको १४ बुँदे प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेका छन । सुशासन, पारदर्शिता र आधुनिक प्रविधिलाई केन्द्रमा राख्दै “भ्रष्टाचार शून्य बाँके-२” अभियानलाई मूल नाराका रूपमा अघि सारेका विष्टले युवा रोजगारी र उद्यमशीलतालाई प्रतिबद्धता पत्रको मेरुदण्डका रूपमा प्रस्तुत गरेका छन ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश समिति सदस्य समेत रहेका विष्ट पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा चिनिन्छन्। रणनितिक स्पष्टता उनको अर्को विशेषता हो । उनी युवाको रोजगारी, उद्यमशीलता प्रवर्द्धन, खेलकुद पूर्वाधार निर्माण तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताउँछन्।

विष्टले परम्परागत राजनीति भन्दा परिणाममुखी कामको आवश्यकता औंल्याउँदै भने, “अब राजनीति भाषणको होइन, कामको प्रतिस्पर्धा हुनुपर्छ। युवालाई अवसर, किसानलाई बजार र स्थानीय उत्पादनलाई मूल्य दिने नीति निर्माणका लागि चुनाव लडेको हुँ।”

समयक्रमसँगै विकासको परिभाषा फेरिनुपर्ने धारणा राख्दै आएका विष्ट भन्छन्, “हामीले सिमेन्टका महल त धेरै बनायौँ, तर हाम्रा बालबालिकाले फेर्ने स्वच्छ हावा बिर्सियौँ।”

उनका अनुसार आज नेपालगन्ज तातो हावा, धुलो र कंक्रिटको चापले थिचिएको शहर बन्दै गएको छ। सडक पिच, भवन निर्माण र पूर्वाधार विस्तार भए पनि वातावरणीय सन्तुलन प्राथमिकताबाट बाहिर परेको उनको भनाइ छ। “नेपालगन्जको तातो हावालाई सितलतामा बदल्न मलाई साथ दिनुहोस्,” भन्दै उनले मतदातासँग भावनात्मक अपिल गरेका छन्।

निर्वाचन लक्षित घरदैलो कार्यक्रम अन्तर्गत घर-घरमा पुगेर जनताको पीडा सुन्ने, समस्या बुझ्ने र समाधानका स्पष्ट बाटो देखाउने विष्टको शैलीले स्थानीयको मन जितेको क्षेत्र नं. २ का मतदाताहरू बताउँछन्। वर्षौंदेखि थन्किएका सडक, खानेपानी, रोजगारी र युवाको भविष्यसँग जोडिएका सवालमा विष्टले राखेको स्पष्ट दृष्टिकोणले आफूहरूमा आशा पलाएको स्थानीयको भनाइ छ।

“हामीलाई भाषण होइन, काम गर्ने प्रतिनिधि चाहिएको हो,” एक स्थानीय वृद्धाले भावुक हुँदै भनिन्, “विष्टको बोलीमा इमान्दारिता छ।”

युवाहरूमा त झन् उत्साह देखिन्छ। रोजगारी, सीप विकास र खेलकुद पूर्वाधारका विषयमा विष्टले अघि सारेका योजनाले आफ्नो भविष्य यहीँ सुरक्षित हुने विश्वास जागेको उनीहरूको प्रतिक्रिया छ।

पहिलो पटक संसदीय चुनावमा सहभागी भए पनि व्यवसाय, खेलकुद र संगठनात्मक अनुभवका कारण उनले क्षेत्र नं. २ मा नयाँ पुस्ताको विकल्प प्रस्तुत गरेको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।

यस क्षेत्रका स्थापित तथा प्रभावशाली उम्मेदवारहरूबीच विष्टको उम्मेदवारीले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको देखिन्छ।

  • ५ फाल्गुन २०८२, मंगलवार १६:०६ प्रकाशित
  • Nabintech