२१ माघ, काेहलपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवार सुरेश कुमार चाैधरीले आफ्नाे जित सुनिश्चित भईसकेकाे दावी गरेका छन । मंगलबार काेहलपुर, गाेलपार्कस्थित पार्टी कार्यालयमा आयाेजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै चाैधरीले चुनावी नतिजा आफ्नाे पक्षमा आउने जिकिर गरेका हुन ।
बाँके क्षेत्र नं. १ मा थारू समुदायका ४० हजार मतदाताले आफुलाई मतदान गर्ने जिकिर गर्दै उम्मेदवार चाैधरीले चुनाव एक प्रक्रिया मात्र रहेकाे बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
चौधरीले सडक पूर्वाधार र कृषिमार्फत समृद्धिलाई मुख्य प्राथमिकता दिएर आफू चुनावी मैदानमा होमिएको बताए । बाँके क्षेत्र नम्बर १ मा विकासका दृष्टिले पछि परेका क्षेत्रलाई विकासको मूल प्रवाहमा ल्याउन भूमिका खेल्ने उल्लेख गर्दै चाैधरीले सांसदको काम नीति निर्माण गर्ने भएपछि जनअपेक्षा अनुसार क्षेत्रको विकाससमेत प्रमुख जिम्मेवारी रहनेमा आफू स्पष्ट रहेकाे बताए ।
उम्मेदवार चाैधरीले भने, ‘जनताका आवाज बोल्न र बेथितिका विरुद्ध मेरो उम्मेदवारी हो । अहिले पनि समाजको मूल प्रवाहमा आउन नसकेका समुदायको आवाज बोल्ने छु । देशको नीति निर्माण तहमा उक्त समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नेछु ।’
यसैबीच रास्वपाले निर्वाचन आचारसंहिता पालनामा पार्टी र उम्मेदवार प्रतिबद्ध रहेको जनाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले दल र उम्मेदवारलाई तोकेको जिम्मेवारी पूरा गर्न पार्टी प्रतिबद्ध रहेको जनाइएको हो।
पत्रकार भेटघाटमा बाेल्दै पार्टीका क्षेत्रीय सभापति आनन्दबाबु काफ्लले पार्टी र पार्टीका उम्मेदवारहरू निर्वाचन आचारसंहिताकाे पूर्ण पालना गर्दै चुनावी अभियानमा सहभागी भएकाे बताए । आचारसंहिता पालनाकालागी निर्वाचन अनुगमन समितिले आफूहरूलाई सचेत गराएको जानकारी दिदै काफ्लेले संयमित रूपमा अभियान संचालन गरिने प्रतिवद्दता जनाए ।
‘निर्वाचन आयोगले दल र उम्मेदवारलाई दिएको निर्देशन पालना गरेरै चुनावी अभियानमा छौँ । पार्टीले संयमता अपनाउँदा समेत निर्वाचन अनुगमन समितिमा गुनासो पुगेको र समितिले सचेत गराएको छ । रास्वपा र हाम्रा उम्मेदवार आचारसंहिता पालना गर्न पूर्ण प्रतिबद्ध छन्,’ उनले भने ।
२२ माघ २०८२, बुधबार ०९:०१ प्रकाशित