सुपर-सिक्सको अन्तिम खेल खेल्दै नेपाल, जिते ट्रफी पक्का
  • काँचुली खबर

३१ असोज, काठमाण्डौं । आईसीसी टी-२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर-सिक्सको आफ्नो अन्तिम खेलमा आज नेपालले सामोआसँग खेल्दैछ ।

खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

शीर्ष स्थानमा रहेको नेपाललाई आजको खेलसँगै टी-२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको उपाधि जित्ने अवसर छ ।

छनोट चरणका चार खेल जितेको नेपाल समुहको शिर्ष स्थानमा रहँदै आगामी विश्वकपका छनौट भईसकेको छ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको थियो । नेपालको यो तेस्रो पटकको विश्वकप यात्रा हो ।

नेपालको चार खेलमा आठ अङ्क छ । सुपर सिक्समा कुनै पनि खेल जित्न नसकेको सामोआ तालिकाको पुछारमा रहेर विश्वकप छनोटबाट बाहिरिसकेको छ । दोश्रो स्थानमा रहेको यूएईले सबै पाँच खेल खेल्दै ६ अङ्क बनाएको छ ।

चार खेलमा ओमानको छ अङ्कसहित तेश्रो स्थानमा छ । ओमानले पनि शुक्रबार जापानसँग खेल्दैछ । ओमानको पनि छनोट प्रतियागिताको उपाधि जित्ने सम्भावना कायमै छ ।

  • १ कार्तिक २०८२, शुक्रबार १५:३२ प्रकाशित
  • Nabintech