२८ असोज, काठमाडौं । आइसीसी टी-२० टिम वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले अक्टोबर १३ (सोमबार) अपडेट गरेको वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको हो।
नेपाल यसअघि १८औं स्थानमा रहेको थियो। हाल एक स्थान सुधार गर्दै नेपाल १७औं स्थानमा उक्लिएको छ। ओमानमा जारी आइसीसी टी-२० विश्वकप छनोटको खेल खेलिरहेको नेपालले आफ्नो अविजित यात्रा कायम राखेको छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
वरियतामा सुधार हुने अर्को महत्वपूर्ण पक्ष भने नेपालले ३ खेल सम्मेलित वेष्ट इन्डिजसँगको सिरिज २-१ ले जित्नु हो । नेपालले पहिलो पटक टेष्ट राष्ट्रसँग सिरिज खेलेको थियो जसमा नेपालले जित निकालेको थियो।
नेपालले हाल आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको खेलमा लगातार २ जित दर्ता गरेको छ। नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रन र दोस्रो खेलमा कतारलाई ५ रनले हराएको हो।
नेपालले हराएको यूएई १६औं स्थानमा तटस्थ रहेको छ। नेपालले हराएको अर्को राष्ट्र कतार २९औं स्थानमा रहेको छ। अब नेपालले छनोट चरणमा आइसीसी वरियतामा ६४औं स्थानमा रहेको समोआ र २०औं स्थानमा रहेको ओमानसँग खेल्न बाँकी रहेको छ।
२८ आश्विन २०८२, मंगलवार १४:०३ प्रकाशित