‘जेन जी’ र ‘नेपो बेबिज’ भनेको के हो ?
  • काँचुली खबर

२३ भदौ, काठमाण्डौं । सामाजिक सञ्जाल प्ल्याट्फर्मबारे सरकारको पछिल्लो निर्णयसँगै केही दिनयता नेपालमा दुईवटा शब्दावली निकै चर्चामा छन् : ‘जेन जी’ र ‘नेपो बेबिज’ । हामीले त्यसको पृष्ठभूमि र प्रयोगबारे यहाँ चर्चा गरेका छौँ ।

केम्ब्रिज शब्दकोषका अनुसार सन् १९९० को दशकको अन्त्यतिर र सन् २००० दशकको सुरुतिर जन्मिएका मानिसहरूलाई ‘जेनरेशन जेड’ अर्थात्‌ ‘जेन जी’ भन्ने गरिएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सोही शब्दकोषका अनुसार ‘नेपो बेबी’ अथवा ‘नेपटिजम बेबी’ भनेका प्रसिद्ध व्यक्तिका छोराछोरी हुन् जो सोही कारण आफैँ सफल र प्रसिद्ध भएका हुन् । तर ख्यातिप्राप्त व्यक्तिका सन्तानले क्षमताबाट मात्रै नभई आमाबुवाको प्रसिद्धिबाट फाइदा लिई सफलता हासिल गरेको भन्ने हिसाबले पछिल्ला वर्षहरूमा त्यसको प्रयोग हुने गरेको छ ।

पृष्ठभूमि के हो ?

‘नेपटिजम’ ल्याटिन शब्द ‘नेपज’बाट आएको हो जसको अर्थ ‘नेफ्यू’ अर्थात् ‘भतिज-भतिजी, भान्जा-भान्जी’ हुन्छ।

खास गरी क्याथलिक गिर्जाघरका पोप तथा बिशपहरूले विगतमा आफ्ना भतिजभतिजी, भान्जाभान्जी लगायतलाई गिर्जाघरमा नियुक्ति दिने गरेका सन्दर्भमा उक्त शब्द प्रचलनमा आएको बताइन्छ।

प्रतिष्ठित ‘न्यूयोर्क म्यागजीन’ ले सन् २०२२ को अन्त्यतिर ‘द यिअर अफ द नेपो बेबी’ शीर्षकको मूल समाचार लेखेपछि उक्त शब्द पछिल्लो समय झन् चर्चामा आएको विभिन्न विवरणमा उल्लेख छ।

गत साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरणमा आउन नमानेका सामाजिक सञ्जाल प्ल्याट्फर्महरूलाई निष्क्रिय बनाउने निर्णय कार्यान्वयनमा ल्याएसँगै त्यसले व्यापक असन्तोष र आक्रोश निम्त्याएको छ ।

धेरैले सोमबार ‘जेन जी’ पुस्ता सामाजिक सञ्जालबाट सडकसम्म देशका विभिन्न ठाउँमा प्रदर्शनमा निस्कनुको कारक तत्त्वका रूपमा सोही कदमलाई लिइरहेका छन् ।

प्रदर्शनमा आउनुभन्दा केही दिनअगाडिबाटै ‘जेन जी’ पुस्ताले कतिपय नेताका एवं प्रसिद्ध व्यक्तिका छोराछोरी र गरिब जनताका सन्तानका तस्बिरहरू राखेर तिनीहरूको तुलनात्मक हैसियतबारे भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको देखिन्छ ।

आ-आफ्नै ठम्याइ

तर उनीहरूको प्रदर्शनलाई विभिन्न कोणले अर्थ्याइँदै छ । एक थरीले सो पुस्तामा देखिएको राजनीतिक चेत भनिरहेका छन् भने खास गरी सत्ताधारी दलहरूले प्रदर्शनको दुरुपयोग हुन सक्ने भन्दै सचेत गराएका छन् ।

युवामाझ लोकप्रिय काठमाण्डूका मेअर बालेन शाहले सामाजिक सञ्जालमार्फत्‌ प्रदर्शनप्रति समर्थन जनाएका छन् भने हाल कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेलबाटै ऐक्यबद्धता जनाएका विवरण आएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुप्षकमल दाहाल प्रचण्डले ‘भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधविरुद्ध युवाहरूको प्रदर्शन स्वाभाविक’ भएको बताएका छन् ।

तर प्रदर्शनको पूर्वसन्ध्यामा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदर्शनप्रति सङ्केत गर्दै ‘जेन जी’ पुस्तालाई दुरुपयोग गर्न सकिने सम्भावना औँल्याउँदै त्यसप्रति सचेत हुनुपर्ने बताएका थिए ।

‘ब्युँझाउने घण्टी

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले ‘जेन जी’ पुस्ताको प्रदर्शनबारे मिश्रित प्रतिक्रिया दिएका छन् ।

सत्तारूढ दुई ठूला दलका नेताले सडकबाटै सबै समस्याको हल नहुने प्रतिक्रिया दिएका छन् भने माओवादी केन्द्रका प्रवक्ताले प्रदर्शनलाई स्वाभाविक भनेका छन् ।

नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले जेन जी पुस्ताको प्रदर्शनले दलहरूका लागि घण्टी बजाएको प्रतिक्रिया दिए ।
बीबीसीबाट

  • २३ भाद्र २०८२, सोमबार १६:१५ प्रकाशित
  • Nabintech