गोकर्ण भट्ट
आजभन्दा १७० वर्ष अघि जतिबेला विश्वले आधुनिक प्रविधि र मेसिनहरूको कल्पना पनि गर्न सकेको थिएन, कार्ल मार्क्स भने पूँजिवादी उत्पादन प्रणालमा भविष्यको आर्थिक र सामाजिक संरचनाको एउटा चमत्कारिक तस्वीर प्रस्तुत गरेका थिए। उनको जीवनकालमा प्रकाशिन हुन नसकेको पाण्डुलिपीहरुको संग्रहमा उनले ‘द फ्रेग्मेन्ट अन मेसिन्स’ शीर्षकमा यसबारेमा उल्लेख गरेका छन् । यो लेखमा उनले भविष्यको उत्पादन प्रणालीमा रोबोट र कृत्रिम बुद्धिमत्ताको भूमिका र यसको प्रभावका बारेमा चर्चा गरेको पाइन्छ । मार्क्सले आफ्नो ‘श्रम-मूल्य सिद्धान्त’ को परिप्रेक्ष्यबाट हेर्दा, कुनै पनि वस्तुको मूल्य त्यसलाई बनाउन आवश्यक पर्ने श्रम समयमा नापिने बताउँथे। तर योसँगै उनले गम्भीर प्रश्न पनि उठाएका छन्, जब मेसिन र स्वचालनले मानव श्रमलाई उत्पादन प्रक्रियाबाट लगभग हटाइदिन्छ, त्यो अवस्थामा मूल्य निर्धारण कसरी हुनेछ र वस्तुहरू किन्ने मानिस नै को हुनेछ ?
विस्तृतमा…
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कार्ल मार्क्सको विचारमा श्रम र पूँजीको सम्बन्ध मानव इतिहासको आर्थिक संरचनाको मूल आधार हो। मार्क्सले पूँजीवादलाई विश्लेषण गर्दा श्रमलाई उत्पादनको आधार र मूल्य निर्धारणको स्रोत मान्थे। उनको श्रम-मूल्य सिद्धान्त अनुसार, कुनै वस्तुको मूल्य अन्ततः त्यसलाई उत्पादन गर्न आवश्यक श्रम समयबाट नापिन्छ। यहाँ श्रम भन्नाले मांसपेशीको कठोर मेहनत अर्थात् पसीना चुहाउने मात्र नभएर मस्तिष्कीय श्रम, कौशल र समय सबै समावेश हुन्छन्। त्यसैले श्रमिक नै पूँजीवादी उत्पादन प्रक्रियाको मूल आधार हो। तर पूँजीवादी प्रणालीले श्रमिकको श्रमलाई ‘मूल्य सिर्जना गर्ने शक्ति’ भने पनि, त्यसको परिणामस्वरूप पैदा हुने सम्पत्तिको अधिकांश हिस्सा भने पूँजीपतिहरूलाई जान्छ। श्रमिकको समय नाफाको मुख्य आधार हुने तर नाफाको मुख्य हिस्सा भने पूँजिपतिहरुले पाउने प्रक्रियालाई मार्क्सले मार्क्सले ‘मूल्य शोषण’ या अतिरिक्त श्रमको रुपमा व्याख्या गरे।
मार्क्सले पूँजीलाई एक गतिशील शक्ति भनेर हेरे जसले उत्पादनको माध्यमलाई आफ्नो नियन्त्रणमा लिएर श्रमबाट उत्पन्न मूल्यलाई अधिकतम गर्न खोज्छ। पूँजीले श्रमिकलाई श्रम बेच्न बाध्य बनाउँछ तर त्यसबाट सिर्जना गरेको सम्पत्तिको पूर्ण स्वामित्व भने श्रमिकलाई दिन्न। यहाँ श्रमिकको श्रम समय र पूँजीको लगानीबीच द्वन्द्व हुन्छ, जहाँ पूँजीपति ‘सरप्लस मूल्य’ (surplus value) निकाल्न खोज्छ, अर्थात् श्रमिकको वास्तविक श्रम समय भन्दा बढी श्रम समयलाई मूल्यमा परिणत गरेर मुनाफा कमाउँछ। मार्क्सको दृष्टिमा, यही प्रक्रियाले पूँजीवादमा वर्ग संघर्षको मूल उत्पन्न हुन्छ।
तर मार्क्स यतिमा मात्रै सीमित रहेनन् । श्रम र पूँजीबीचको अन्तर्सम्बन्धको यो सामान्य व्याख्या भन्दा निकै अगाडिको परिकल्पना उनले गरे । मेसिन र प्रविधिको विकासले श्रमको प्रकृति र पूँजीको सञ्चालन दुवैलाई परिवर्तन गर्दै जाने क्रमको विकासको गति उनले पहिल्याए । हिजोको श्रमको साटो अब आएर मेसिन चाहिँ उत्पादन प्रक्रियामा समावेश हुने अवस्थामा श्रमिकको भूमिका भने मात्र शारीरिक श्रमको स्रोत नभएर, मेसिनको नियामक र संयोजकमा परिणत हुने उनले व्याख्या गरे । उनले भने, “श्रम अब उत्पादन प्रक्रियामा यति धेरै समावेश भएको देखिँदैनस बरु, मानव भने उत्पादन प्रक्रियाको पहरेदार र नियामकको रूपमा सम्बन्ध राख्छ। यसले श्रम–मूल्य सिद्धान्तको पुरानो परिभाषामा ठूलो चुनौती ल्याउँछ। यदि श्रम समय सिमित हुन्छ वा घट्दछ भने वस्तुको मूल्य कसरी निर्धारण हुन्छरुू
यही परिकल्पना उनले ‘द फ्रेग्मेन्ट अन मेसिन्स’ को विश्लेषणमा पोखेका छन् । “द फ्रेग्मेन्ट अन मेसिन्स” (The Fragment on Machines) नामक सन् १८५० को दशकमा ग्रुन्ड्रिसे नामक नोटबुकमा तयार पारेको लेखमा उनले स्वचालन र मेसिनको सम्भावित प्रभावहरूलाई अचम्मका साथ देखाएका छन्। यो लेख अंग्रेजीमा सन् १९७३ मा मात्र प्रकाशित भयो, तर यसको विचार आजको युगमा अत्यन्त प्रासंगिक छ।
द फ्रेग्मेन्ट अन मेसिन्स” (ग्रुन्ड्रिसे, १८५७-५८) मा मार्क्स लेख्छन्
“स्थिर पूँजीको विकासक्रममा, श्रमका साधनहरू अर्थात् काम गर्ने औजार, उपकरण, मेसिनहरू विभिन्न प्रकारले रूपान्तरित हुन्छन्स यी रूपान्तरणहरूको शिखर हो स्वचालित मेसिन, जसमा धेरै यान्त्रिक र बौद्धिक अंगहरू समावेश हुन्छन्।
यसले ती गति र कार्यहरू सम्पन्न गर्दछ जुन कुनै पनि व्यक्तिले सीधै गर्न सक्दैन, र जसले पहिले साधारण औजारका साथ काम गर्ने विभिन्न व्यक्तिहरूको स्थान लिन्छ। यो केवल यान्त्रिक रूपमा मात्र होइन, केही हदसम्म ‘बुद्धिमत्तापूर्ण’ रूपमा कार्य गर्दछ, यस्तो यान्त्रिक प्रणालीको माध्यमबाट जुन आफैँ चल्छ।
यो स्वचालित प्रणाली वा स्वचालित मेसिन एक जीवित कामदार जस्तै हो, ‘कुशल कलाकार’ जसले निरन्तर गतिका लागि कोइला वा अन्य ऊर्जा स्रोतहरू उपभोग गर्छ, जसरी कामदारले खाना खाँदै आफ्नो गतिलाई कायम राख्छ।
जबसम्म स्वचालित मेसिनले उत्पादन प्रक्रियामा बढी र बढी कार्यहरू कब्जा गर्छ, तबसम्म मानव श्रमको भूमिका परिवर्तन हुन्छ। कामदारले सीधै उत्पादन गर्दैन, बरु मेसिनलाई निरीक्षण, नियन्त्रण र मर्मत गर्छ।
यसरी, श्रम प्रक्रिया मौलिक रूपमा रूपान्तरण हुन्छ र जहाँ वस्तुको मूल्य पहिले मानव श्रम समयले निर्धारण हुन्थ्यो, त्यहाँ आवश्यक मानव श्रम लगभग शून्य पुग्दा त्यस मूल्यको मापनमा सङ्कट आउँछ।”
स्वचालन र कृत्रिम बुद्धिमत्ताको विकासले मार्क्सको यो प्रश्नलाई आज अत्यन्तै सान्दर्भिक बनाएको छ। अहिले मेसिन र AI ले मात्र म्यानुअल काम होइन, तर्क, निर्णय, र सृजनात्मक कार्यहरू समेत गर्न थालेका छन्। जब मेसिन स्वयं चल्ने र सिक्ने क्षमता राख्छन्, तब मानव श्रमको भौतिक उपस्थितिको आवश्यकता घट्छ। मार्क्सले भनेझैं, यस्तो अवस्था पूँजीवादको विघटनतर्फ संकेत गर्छ। पूँजी स्वयं विरोधाभासी छ, एकातिर यो उत्पादनलाई बढावा दिन चाहन्छ, अर्को तिर श्रमको मूल्यलाई न्यूनतम गर्न खोज्छ। यसै द्वन्द्वले पूँजीवादी उत्पादन प्रणालीलाई संकटमा पार्छ।
मार्क्सको दृष्टिमा, पूँजीवाद उत्पादनको एउटा यन्त्र हो जुन अन्ततः आफैंलाई भत्काउने दिशामा अग्रसर हुन्छ। मेसिन र स्वचालनले उत्पादनलाई सस्तो र छिटो बनाउँछन्, तर श्रमको मापन र मूल्याङ्कनमा क्रान्ति ल्याउँछन्। जब श्रमको मूल्य कम हुन्छ र पूँजीको स्वामित्व सीमित वर्गको हातमा केन्द्रित हुन्छ, तब उत्पादनबाट प्राप्त सम्पत्ति समाजको फराकिलो वर्गसम्म पुगेको हुँदैन। यो अर्थतन्त्रमा असमानता र सामाजिक विभाजन बढ्ने खतरा हुन्छ।
मार्क्सले सामाजिक रूपान्तरणका लागि श्रमिक वर्गको क्रान्ति अर्थात श्रमिकहरूलाई मात्र उत्पादनका साधनहरूको मालिक बनाएर श्रमको पूर्ण फल प्राप्त गर्न चाहन्थे। ‘उत्पादनका साधनहरू कब्जा गर्नुहोस्’ भन्ने उनका विचारहरू यहाँबाट जन्मिएका हुन्। तर आजको युगमा, जब मेसिन स्वयं श्रमको भूमिकामा प्रवेश गर्छन्, श्रमिक र पूँजीपतिका बीचको सम्बन्ध थप जटिल हुन्छ। AI र स्वचालनले नयाँ श्रम विभाजन र शक्ति संरचना निमार्ण गर्दैछन्, जहाँ मेसिनको ‘कौशल’ र ‘शक्ति’ पूँजीपतिहरूको नियन्त्रणमा रहन्छ र श्रमिकहरूको भूमिका नियामक र निरीक्षकमा सीमित हुन्छ।
आजको विश्वमा देखिने आर्थिक असमानता र बेरोजगारीको मूल कारण यही हो, स्वचालन र AI ले उत्पादन प्रक्रियामा मानवीय श्रम घटाउँदै गर्दा पूँजीको एकाग्रता बढिरहेको छ। मार्क्सले भविष्यवाणी गरेझैं, “श्रम अब उत्पादन प्रक्रियामा यति धेरै समावेश भएको देखिँदैन”। यसले बजारमा उपभोक्ताको शक्ति पनि कमजोर पार्दछ, किनभने काम गुमेका मानिससँग खरीद शक्ति घट्छ। यस्तो अवस्थामा पूँजीवादी आर्थिक मोडल टिक्न सक्दैन, र नयाँ आर्थिक व्यवस्थाको आवश्यकता पर्छ।
मार्क्सको ‘द फ्रेग्मेन्ट अन मेसिन्स’ मा भएको अर्को महत्वपूर्ण बिन्दु भनेको मेसिनलाई केवल यान्त्रिक साधन नभएर, “कुशल कलाकार” र “आत्मा भएको यन्त्र” को रूपमा देखाउनु हो। यसले मानव-मेसिन सम्बन्धमा नयाँ दृष्टिकोण ल्याउँछ। आज AI को क्षेत्रमा विकास भैरहेको ‘मेसिन लर्निङ’, ‘डीप लर्निङ’ जस्ता प्रविधिहरूले मेसिनहरूलाई ‘सिक्ने’, ‘बुझ्ने’ र ‘निर्णय गर्ने’ क्षमता दिन्छन्। मार्क्सले १८५० को दशकमै देखाएका थिए कि मेसिनहरू आफूलाई चलाउने शक्ति बोकेका हुन्छन् र तिनको कार्य मानव श्रमिक भन्दा फरक छैन। यसले हामीलाई यो सोच्न बाध्य पार्दछ कि के मेसिनहरू पनि श्रमिक हुन्रु र यदि हुन् भने, उनीहरूलाई कसरी मूल्यांकन गर्ने ?
मार्क्सको पूँजीवादी आलोचना आजका डिजिटल युगमा अझ गहिरो अर्थमा लागू हुन्छ। जब AI ले जातीय, लैङ्गिक वा सांस्कृतिक पूर्वाग्रहहरू दोहोर्याउँछ, तब जिम्मेवारी कसको हुन्छ ? निर्माता कम्पनीको कि प्रयोगकर्ताको ? मार्क्सले भनेझैं, पूँजीको मूल उद्देश्य अधिकतम मुनाफा हो, त्यसैले नैतिक र सामाजिक उत्तरदायित्व प्रायः पछाडि पर्छ। यो अवस्था समाजमा नयाँ प्रकारको वर्ग संघर्ष र असमानता निम्त्याउन सक्छ।
साथै, मार्क्सको विचारमा पूँजीवाद एक ‘चलायमान विरोधाभास’ हो, जहाँ उत्पादनलाई अत्यधिक रूपमा प्रवर्धन गर्ने प्रयास गर्दा श्रमको मूल्य घट्दै जान्छ र श्रमको भूमिका सिमित हुँदै जान्छ। आजको युगमा ब्क्ष् र रोबोटले यही विरोधाभासलाई तीव्र बनाएको छ। जब उत्पादन क्षमता अत्यधिक वृद्धि हुन्छ र श्रम आवश्यकतामा कटौती हुन्छ, तब पूँजीवादी बजारमा उपभोक्ताको कमी हुन्छ किनभने मानिससँग खर्च गर्ने पैसा घटेको हुन्छ। यसले दीर्घकालीन आर्थिक मन्दी र सामाजिक संकट निम्त्याउन सक्छ।
तर मार्क्सले आशा पनि छोडेका थिए। स्वचालन र मेसिनहरूले ल्याउने उत्पादनको अधिकताले मानिसहरूलाई ‘मुक्त समय’ दिन सक्छ, जसलाई उनीहरूले कलात्मक, वैज्ञानिक र व्यक्तिगत विकासमा लगाउन सक्छन्। विश्वव्यापी आधारभूत आयको आजको अवधारणाले मार्क्सको यो सपना पुनर्जीवित गरेको छ। तर यसको सफल कार्यान्वयन पूँजीवादी संरचनामा गम्भीर रूपान्तरण बिना सम्भव छैन।
मार्क्सको विचारले हामीलाई आजको AI र स्वचालन युगमा एक गहिरो चुनौती दिन्छ, के हामी पूँजीको लागि मात्र उत्पादन गर्ने यन्त्र बन्ने कि सबैका लागि समावेशी, न्यायपूर्ण र मानवीय समाज बनाउनेरु यसका लागि आवश्यक छ कि श्रमिक वर्ग मात्र होइन, सम्पूर्ण समाजले आफ्नो अधिकार र स्रोतहरू नियन्त्रणमा लिन सकोस्। नयाँ प्रविधिहरूले ल्याएका लाभहरू सबैमा बाँडिने व्यवस्था बनोस्, नत्र आर्थिक असमानता र वर्ग संघर्ष तीव्र बन्नेछन्।
अन्ततः, मार्क्सले देखाएका थिए कि पूँजीवाद अन्ततः आफैंलाई नष्ट गर्ने प्रक्रिया हो। यदी हामी आज AI र मेसिनको विकासलाई मार्क्सको सिद्धान्तको प्रकाशमा हेर्छौं भने, हामी बुझ्न सक्छौं कि प्रविधिको सही प्रयोगले मात्र आर्थिक र सामाजिक न्याय सुनिश्चित गर्न सक्छ। अन्यथा, यो एक नयाँ युगको शोषण र असमानताको औजार मात्र बन्न सक्छ। यो प्रश्न आजको समाजका लागि अहम् छ, के हामी प्रविधिलाई मानव कल्याणको लागि समर्पित गर्नेछौं, वा पूँजीवादी लालच र असमानताको लागि ?
यसरी, मार्क्सको श्रम र पूँजीको सिद्धान्तले हामीलाई AI र स्वचालनको युगमा आर्थिक संरचना र सामाजिक न्यायका लागि गहन सोच्न बाध्य पार्छ। यो हामीलाई चेतावनी पनि हो र सम्भावनाको संकेत पनि, आधुनिक मेसिन र बुद्धिमत्ताले मानव जीवनलाई कस्तो दिशा दिनेछ भन्ने प्रश्नमा हामी सबैले जिम्मेवार तरिकाले सोच्नुपर्ने हुन्छ।