१८ बैशाख २०८१, मंगलवार
प्रहरी इन्काउन्टरमा २ मारिए
  • काँचुली खबर

काठमाडौं । भक्तपुरका प्रहरीको इन्काउन्टरमा दुईजना अपहरणकारी मारिएका छन् ।

आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड भएको हो । अपहरणकारीले बालक निशान खड्काको हत्या गरेका छन् । मृत्यु हुनेमा अजय तामाङ र गोपाल तामाङ रहेको प्रहरीले जनाएको छ।

भक्तपुरको थिमीमा श्याम लवतको निर्माणाधिन घरको जगमा बालक खड्काको शव फेला परेको हो । अपहरणकारीले बोकेको मोवाइल र गोलीसमेत प्रहरीले इन्काउन्टरमा मृत्यु भएका दुईजनाको साथबाट बरामद गरेको जनाएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

  • २१ श्रावण २०७५, सोमबार १४:५२ प्रकाशित
  • Nabintech